हाइलाइट

कल्याणकारी साकोसको साउनको बिवरण सार्वजनिक साढे २७ प्रतिशत तरलता

कल्याणकारी साकोसको साउनको बिवरण सार्वजनिक साढे २७ प्रतिशत तरलता :: Sahakari Akhabar

काठमाडौं । लुभुमा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्त सम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा २७.५० प्रतिशत तरलता रहेको जनाएको छ।

संस्थामा ३३ करोड १८ लाख ६६ हजार ६८५ रुपैयाँ तरलता रहेको जनाएको छ । त्यसैगरी संस्थामा ३३ करोड ६ लाख ४४ हजार ६७२ रुपैयाँ संस्थागत पूँजी तथा १ अर्व ९१ करोड ८१ लख १७ हजार ३१२ रुपैयाँ कूल पूँजी रहेको जनाइएको छ । संस्थामा १७ करोड १६ लाख ७७ हजार रुपैयाँ शेयर पूँजी, १ अर्व २० करोड ६५ लाख २० हजार २३२ रुपैया बचत रहेको जनाएको छ ।

संस्थामा ३१ करोड ३५ लाख ९ हजार ७६४ रुपैया साधारण जगेडा कोष तथा ६ करोड ७७ लाख १ हजार ८७६ रुपैयाँ अन्य कोष रहेको छ । संस्थाको १ अर्व ५२ करोड ४८ लाख २७ हजार ६८७ रुपैया लगानी रहेको जनाइएको छ । संस्थाका ७ हजार १६ जना सदस्य मध्ये ८४७ जना सदस्यले ऋण सेवा लिएका छन् ।



Leave a comment