हाइलाइट

सहकारीलाई अनुदानमा दिएको मल बढी मूल्यमा बिक्री गर्न निजी पसलमा 

सहकारीलाई अनुदानमा दिएको मल बढी मूल्यमा बिक्री गर्न निजी पसलमा  :: Sahakari Akhabar

कास्की । सरकारले अनुदानमा सहकारीलाई उपलब्ध गराएको रासायनिक मल बढी मूल्यमा निजी पसलबाट बिक्री गरेको भेटिएको छ । बढी मूल्यमा मल बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गर्दा सहकारीको कोटामा आएको मल ब्यापारीले बिक्री गरेको पाइएको हो ।

अनुुगमनका क्रममा पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह कृषि सुलभ पसलले प्रतिकेजी २१ रुपैयाँ पर्ने युरिया ३५ रुपैयाँमा र ५० रुपैयाँ पर्ने डिएपी ६५ रुपैयाँमा बिक्री गरेको भेटिएको थियो । मल बिक्री वितरण गर्ने अनुमति समेत नपाएको उक्त पसलले उपभोक्ता सहकारी संघबाट मल ल्याएर बढी मूल्यमा बिक्री गरेको हो ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला, महानगर कृषि महाशाखा प्रमुख कडरियासहितको टोलीले अनुगमन गरेको थियो । बढी मूल्यमा बिक्री गरेको भेटिएपछि  २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास बिक्री वितरणमा रोक लगाउनुका साथै आवश्यक कारवाही अघि बढाइएको समितिले जनाएको छ ।



Leave a comment