बुद्धभूमि इमलिया सानाकिसान कृषि सहकारीको जगेडा कोषमा ९ करोड ८६ लाख

बुद्धभूमि इमलिया सानाकिसान कृषि सहकारीको जगेडा कोषमा ९ करोड ८६ लाख :: Sahakari Akhabar

कपिलबस्तु । बुद्धभूमि इमलियामा रहेको सानाकिसान कृषि सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ९ करोड ८६ लाख ३९ हजार ७६५ रुपैया जगेडा कोष तथा ३ करोड २१ हजार २०८ रुैयाँ अन्य कोष रहेको छ ।

त्यसैगरी संस्थासंग ३१.७० प्रतिशत अर्थात २१ करोड ५९ लाख २८ हजार ४४८ रुपैयाँ तरलता रहेको जनाएको छ । संस्थामा २ करोड ८५ लाख १४ हजार ३०० रुपैयाँ शेयर पूँजी, ६८ करोड ११ लाख ७७ हजार ३०५ रुपैया बचत रहेको जनाएको छ ।

संस्थाको ७० करोड ९ लाख ११ हजार ३४७ रुपैया सदस्यलाई लगानी रहेको छ भने ९४ करोड ५४ लाख ६ हजार ४३ रुपैयाँ कूल सम्पति तथा ८३ करोड ८३ लाख ५२ हजार ५८० रुपैयाँ कूल संस्थागत पूँजी रहेको जनाइएको छ । संस्थाका ४ हजार ७८९ जना सदस्य मध्ये १ हजार ८७ जना ऋणी सदस्य रहेको जनाइएको छ ।



Leave a comment