काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघको एशिया प्रशान्त क्षेत्रीय समिति (आईसीए–एपी) ले प्रदान गर्न लागेको ‘को–अपरेटिभ एक्सिलेन्स अवार्ड’ का लागि मनोनयन खुल्ला भएको छ । एशिया प्रशान्त क्षेत्रमा सहकारीको विकास र प्रवर्धनमा योगदान पु¥याउने सहकारी अभियन्ता, नियमनकारी निकायका साथै सहकारी संस्थालाई अवार्डका लागि मनोनयन गर्न सकिने आइसीए एपीद्धारा जारी सूचनामा उल्लेख छ ।
सहकारी क्षेत्रका विज्ञहरूको समितिले मनोनयनको मूल्यांकन गरी विजेताको छनोट गर्नेछ ।
अवार्डका लागि आगामी अगष्ट ३१ तारिखसम्म अनलाइनबाट मनोनयन गर्न सकिने ब्यवस्था गरिएको छ । आगामी नोभेम्बर ८ तारिखमा फिलिपिन्सको राजधानी मनिलामा आयोजना हुने १६ औं आइसिए एपी क्षेत्रीय सम्मेलनको अवसरमा अवार्डको घोषणा गर्ने कार्यक्रम छ ।
आईसीए एपीले पहिलो पटक ‘प्रेरणादायी सहकारी व्यक्तित्व’, ‘उद्यमशील सहकारी सम्मान’ तथा ‘सहयोगी नियामक निकाय’ गरी तीन वटा विधामा अवार्ड दिन लागेको हो ।
Leave a comment