हाइलाइट

सहकारीको समस्यामा सांसदहरुको चिन्ता, संवेदनशिल बन्न आग्रह 

सहकारीको समस्यामा सांसदहरुको चिन्ता, संवेदनशिल बन्न आग्रह  :: Sahakari Akhabar

काठमाडौं । सांसदहरुले सहकारीको समस्या जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । घरजग्गालगायतमा अनुत्पादक क्षेत्रमा लगानी गरेका सहकारीहरु धमाधम समस्याग्रस्त हुन थालेको र त्यसको असर विस्तारै बैंकमा पनि पर्ने उनीहरुको भनाइ छ ।

संघिय संसदको अर्थ समितिमा विहिबार चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे बोल्दै सांसदहरुले आर्थिक गतिविधि चलायमान हुने गरी मौद्रिक नीति ल्याउन सुझाव दिए । सांसद पदम गिरिले घरजग्गामा लगानी गरेका सहकारी अहिले डुबेको भन्दै अब त्यसको असर बैंकमा पर्ने बताए । आगामी मौद्रिक नीतिले यसलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै सांसद भगवति चौधरीले सहकारीको समस्या जटिल बन्दै गएको बताइन् । सहकारीको नियमन कमजोर हुँदा संस्थाहरु धमाधम समस्गाग्रस्त हुन थालेको र यसलाई समयमै सम्बोधन नगरे समस्या विकराल बन्ने उनको भनाइ थियो ।

राष्ट्र बैंकले आगामी साता मौद्रिक नीति ल्याउने गरी तयारी गरिरहेको छ । गत आर्थिक वर्षको कसिलो मौद्रिक नीतिका कारण बजारमा तरलता अभाव भएको र ब्याजदर बृद्धि भई कर्जा प्रवाह नहुँदा आर्थिक गतिविधि घटिरहेको छ ।

जसले गर्दा सहकारी संस्थाहरुमा पनि तरलता अभाव भइ धमाधम समस्याग्रस्त भइरहेका छन् । सरकारले समस्या समाधानको लागि कार्यदल बनाए पनि सुधारका योजना भने अझै सुरु गर्न सकेको छैन ।



Leave a comment