काठमाडौं । सहकारी क्षेत्रका समस्याहरुको समाधानका लागि सहकार्य गर्न नियामक निकायहरुको संयन्त्र निर्माणको प्रस्ताव गरिएको छ । सहकारी क्षेत्र सुधार कार्यदलले संघिय सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा संयन्त्र बनाउन सुझाव दिएको हो । सहकारीमा देखिएका सम्भावना उजागर गर्न तथा आगामी दिनमा आउने समस्या समाधान गर्नका लागि साझा प्रयासका लागि संयन्त्र निर्माणको प्रस्ताव गरिएको गरिएको छ ।
संघिय रजिष्ट्रारको संयोजकत्व रहने समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, अर्थ, गृह मन्त्रालयका उपसचिव सदस्य रहनेछन् । यस्तै राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, केन्द्रीय अनुसन्धान ब्यूरो, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कूनका प्रतिनिधिहरु पनि सदस्य रहेनछन् । सहकारी विभागका उपरजिष्ट्रार सदस्य सचिव रहेन समितिको बैठक प्रत्येक महिनाको एक पटक बस्नुपर्ने ब्यवस्था गर्न समितिले सुझाव दिएको छ ।
सहकारीमा समस्या समाधानका लागि सरोकारवाला निकायहरुबिच सहकार्य आवश्यक रहेकाले संयन्त्र निर्माणको प्रस्ताव गरिएको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले बताए । ‘सहकारीको विषयहरु क्रस कटिङ भएकाले विभिन्न क्षेत्रसँग जोडिएको हुन्छ’ उनले भने, ‘सबै सरोकारवाला बिच सहकार्य भए काम गर्न सजिलो हुने भएकाले संयन्त्र बनाउन प्रस्ताव गरिएको हो ।’
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया