विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका मेयर नागेश्वर सिंहले सहकारी संस्थाहरुबाट लिएको ऋणको साँवा र ब्याज समयमै तिर्न नगरबासीलाई पत्राचार गरेका छन् । एक सूचना प्रकाशित गर्दै मेयर सिंहले नगरपालिकाभित्र रहेका सरकारी संस्थाबाट विभिन्न मितिमा ऋण लिएका सदस्यहरुले समयमा नै साँवा र ब्याज भुक्तानी नगर्दा तरलताको कमी भइ सदस्यहरुलाई आवश्यक परेको समयमा सदस्यहरुको बचत फिर्ता गर्न तथा ऋण लगानी गर्न असमर्थ हुने गरेको बताएका छन् ।
ऋण लिएका सहकारीका सदस्यहरुले आफुले सहकारी संस्थाबाट लिएको ऋणको साँवा र ब्याज नियमानुसार भुक्तानी गर्न उनले सूचनामार्फत भनेका छन् । सूचनामा भनिएको छ, “प्रस्तुत विषयमा यस रतुवामाई नगरपालिकाभित्र कार्यक्षेत्र रहि सञ्चालनमा रहेका सहकारी संस्थाहरुबाट विभिन्न मितिमा ऋण लिएका सदस्यहरुले समयमा नै साँवा र ब्याज भुक्तानी नगर्दा तरलताको कमी भइ सदस्यहरुलाई आवश्यक परेको समयमा सदस्यहरुको बचत फिर्ता गर्न तथा ऋण लगानी गर्न असमर्थ हुने गरेको भनी गूनासो आएको हुँदा ऋण लिनुभएका सहकारीका सदस्य महानुभावहरुले आफुले सहकारी संस्थाबाट लिएको ऋणको साँवा र ब्याज नियमानुसार भुक्तानी गर्नुहुनका लागी यो सूचना जारी गरिएको व्यहोरा जानकारीका लागी अनुरोध छ ।”

Leave a comment