हाइलाइट

बागमतीको सहकारी रजिष्ट्रार कार्यालय काठमाडौंमा, २१ जना कर्मचारी 

बागमतीको सहकारी रजिष्ट्रार कार्यालय काठमाडौंमा, २१ जना कर्मचारी  :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सरकारले सहकारी रजिष्ट्रारको कार्यालय काठमाडौं उपत्यकाभित्र स्थापना गर्नेगरी  प्रक्रिया अघि बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमा रजिष्ट्रार कार्यालय स्थापना गर्न बजेट विनियोजन भएसँगै प्रक्रिया अघि बढाइएको रजिष्ट्रार राधाकृष्ण खतिवडाले जानकारी दिए ।

‘आगामी आर्थिक वर्षको बजेटमा सहकारी रजिष्ट्रारको कार्यालय स्थापना गर्ने घोषणा भएको छ’ प्रदेश सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले गरेको छलफल कार्यालयमा उनले भने, ‘काठमाडौं उपत्यकाभित्र कार्यालय र २१ जना कर्मचारी दरबन्दीको प्रस्ताव मुख्यमन्त्री कार्यालयमा पठाएका छौं, स्वीकृत भएर आउने वित्तीकै प्रक्रिया अघि बढाउछौं ।’

हाल पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय मातहतमा रहेको सहकारी महाशाखाले सहकारीको काम हेर्दै आएको छ । मन्त्रालय हेरफेर हुँदा सहकारीको विषय ओझेलमा परेको रजिष्ट्रार खतिवडाले बताए । उनले सहकारी क्षेत्र ऐन कानुन पालनमा कमजोर रहेको र गैरकानुनी रुपमा भारतियबाट समेत निक्षेप संकलन गरेको पाइएको जानकारी दिए ।

बागमती प्रदेश अन्र्तगत तीन हजार भन्दा बढी सहकारीहरु रहेका छन् । यसैगरी स्थानिय तह मातहत रहेका सहकारीहरु समेत गरी १० हजार भन्दा बढी सहकारीहरु यस प्रदेशमा संचालनमा छन् । 


 



Leave a comment