हाइलाइट

सहकारीकर्मी मानन्धर कांग्रेस छाडेर एमालेमा 

सहकारीकर्मी मानन्धर कांग्रेस छाडेर एमालेमा  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका संचालक समेत सहकारीकर्मी केदार मानन्धर नेपाली कांग्रेस पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेस गिरोह, गुट र सिमित ब्यक्तिहरुको नियन्त्रण रहेको आरोप लगाउदै उनले सामाजिक संजालबाट पार्टीबाट अलग हुने निर्णय गरेको जानकारी दिए । 

मानन्धरले शनिबार विहान १० बजे फेसबुकमा लेख्दै भने : ‘वि. स. २०४३ सालबाट नेपाल बिद्यार्थी संघ, ताहाचल  क्याम्पसबाट राजनीतिक यात्रा र २०४६ को जनआन्दोलन देखिको ३५ बर्ष मेरो सकृय संलग्नता रहेको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छुँ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक लोकतान्त्रीक दल अहिले  गिरोह, गुट र सिमित ब्यक्तिहरुको नियन्त्रण छ । आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो । मेरो सकृयता अझ बढिहुन्छ । जय नेपाल ।’ उनले लेखेका छन् ।

शनिबार नै दिउसो मानन्धर नेकपा एमालेमा प्रवेश गरेको तस्विर सार्वजनिक भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टीका नेता केशव प्रसाद बडाललगायतले उनलाई स्वागत गरेका थिए । 

मानन्धर राष्ट्रिय सहकारी बैंकको चुनावमा पार्टिको गतिविधिका र भूमिकालाई लिएर असन्तुष्ट हुँदै आएका थिए । बैंकको संचालक समितिमा कांग्रेसले पाएको कोटामा उनको नाम नपरेपछि बागी उम्मेदवार बनेर संचालकमा निर्वाचित बनेका थिए । उनलाई विजयी बनाउन बैंकका अध्यक्ष तथा एमाले नेता केबी उप्रेतीले भूमिका खेलेका थिए । त्यसपछि उनी एमालेप्रति सकारात्मक बनेका हुन् । 

यसैगरी केहि वर्षयता पार्टीबाट संघिय तथा प्रदेशको सांसद र मेयरको टिकट समेत दावी गर्दै आएका मानन्धर लगातार अवसरबाट बञ्चित भएपछि पार्टीप्रति असन्तुष्ट बन्दै आएका थिए ।   



Leave a comment