हाइलाइट

आन्दोलनको स्वरुप परिवर्तन गर्दै महासंघ

आन्दोलनको स्वरुप परिवर्तन गर्दै महासंघ :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी बचाऔं आन्दोलनका कार्यक्रमको स्वरूप बदलेको छ । सरकारले समस्याउन्मुख सहकारी संस्थाहरुको माग सुनुवाई गरेको भन्दै महासंघले सहकारी आन्दोलनका कार्यक्रमको स्वरूप बदलेको हो ।

सहकारी क्षेत्र सुधारका लागि भन्दै १३ बुँदे माग सहित सडक आन्दोलनमा  रहेको महासंघले पलिो आन्दोलनका कार्यक्रम स्थगित गरी नयाँ ढंगले अगाडी बढ्ने जनाएको छ । आन्दोलन स्थगित गरेकोप्रति कतिपय सहकारीकर्मीहरुले भने विरोध जनाएका थिए । सहकारी विभागले समस्याउन्मुख सहकारी संस्थालाई बचत फिर्ताको लागि समय दिने जनाएसँगै महासंघले आन्दोलनको कार्यक्रम रोकेको थियो ।

विभागले त्यस्ता सहकारीको हकमा सम्पत्ति र दायित्व  सहितको श्वेतपत्र जारी गरेको खण्डमा कुलिङ पििपरयड दिन सक्ने जनाएको छ । उक्त व्यवस्था सकरात्मक भएको र सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल समेत गठन गरी कार्य पारम्भ भैसकेको हुँदा हाल दवावमुलक कार्यक्रमहरुको स्वरुप परिवर्तन गरी अगाडी  बढ्ने महासंघले जनाएको छ ।

महासंघले  विभागको आव्हान अनुरुप समस्याउन्मुख संस्थाले श्वेत पत्र जारी गरी समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्दै जिल्ला, प्रदेश तथा केन्द्रिय संघ एंव राष्ट्रिय सहकारी  बैंकबाट  संघसंस्थाको यर्थाथ अवस्थाका वारेमा महासंघलाई जानकारी गराउन भनेको छ ।

त्यसैगरी आब२०८० / ८१को आर्थिक विद्येयकमार्फत सतप्रतिशत वृद्धि गरिएको आयकरप्रति असहमति जनाउँदै साविक आयकर  दर  कायम राख्न महासंघले जोडदार माग राखेको छ । सहकारी संस्थाहरुको कार्यालय दैनिक सञ्चालन गरी वित्तीय मापदण्ड कायमका साथै आर्थिक प्रतिवेदनहरु चुस्तदुरुस्त बनाउन, कारोवार सुचारु गर्दै बचतकर्ताको रकम फिर्ता गर्न तथा ऋण असुलीलाई प्राथमिकता दिन महासंघले भनेको छ ।

जिल्लास्तरिय संघहरु मार्फत संस्थाद्धारा सदस्यको विश्वास जागृत गर्न सदस्यसंग संचालक कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्न महासंघले अनुरोध गरेको छ । जिल्ला स्तरीय संघहरुले आवद्ध संस्थाहरुको यर्थाथ अवस्था बारे महासंघलाई जानकारी गराउन समेत विज्ञप्तिमा भनिएको छ ।


 



Leave a comment