हाइलाइट

नारायणी साकोसको बार्षिक योजना तर्जुमा गोष्ठी

नारायणी साकोसको बार्षिक योजना तर्जुमा गोष्ठी :: Sahakari Akhabar

चितवन । भरतपुर–५, नारायणपुर स्थित नारायणी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷८१ को बार्षिक योजना (नीति तथा कार्यक्रम )  तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशव वहादुर पौडेलको अध्यक्षता र भरतपुर–५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई संस्थाका सह–सचिव तथा प्रोवेशन कार्यदल संयोजक हरिकृष्ण अधिकारले सहजिकरण गरेका थिए । 

कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, शेयर सदस्यहरु तथा कर्मचारीहरु गरी २०० जनाको सहभागिता थियो । सहजकर्ता अधिकारीले संस्थाको सबल तथा सक्षम पक्ष र संस्थागत लक्ष्य प्राप्तिको प्रतिवद्धता प्रस्तुत गरेका थिए ।

सहभागी शेयर सदस्यहरुले राखेका जिज्ञासाहरुमा सहजकर्ता अधिकारीले प्रस्ट पार्नुका साथै सल्लाह सुझावहरुलाई समेटेर नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने समेत बताए । २०५४ सालमा स्थापना भएको नारायणी  साकोसमा हाल २ हजार सदस्य छन् भने कुल सम्पत्ती १७ करोड ५ लाख रुपैयाँ छ ।



Leave a comment