हाइलाइट

सहकारी क्षेत्र सुधार कार्यदलको संयोजकमा डा. राउत 

सहकारी क्षेत्र सुधार कार्यदलको संयोजकमा डा. राउत  :: Sahakari Akhabar

काठमाडौं । सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार कार्यदलले संयोजकमा डा. जय कान्त राउत तोकिएका छन् । मन्त्रिपरिषद्को वैशाख २३ गते बसेको बैठकले राष्ट्रिय योजना आयोगको सहकारी हेर्ने सदस्यको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार डा. राउतलाई कार्यदल संयोजकको जिम्मेवारी तोकिएको हो ।

कार्यदलमा एक दर्जन सदस्यको व्यवस्था गरिएको छ । जसमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव, समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका अध्यक्ष, सहकारी, अर्थ, महिला वालवालिका र जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य तोकिएको छ । 

यसैगरी नेपाल राष्ट्र बैंकका निर्देशक, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी बरिष्ठ उपरिक्षक, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष सदस्य रहनेछन् । यस्तै सहकारी विज्ञ र वित्त विश्लेषक गरी २ जना तथा संघिय सहकारी विभागका रजिष्ट्रार सदस्य सचिव रहने प्रावधान छ । 

कार्यदललाई सहकारी संस्थामा देखिएका समस्याहरुको अध्ययन गरी त्यसलाई समाधान गर्न आवश्यक सुझाव पेश गर्न जिम्मेवारी दिइएको छ । 



Leave a comment