काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानेले सहकारीका कारणले लाखौं मानिस सडकमा आउने अवस्था आएको बताएका छन् । बिहीबार आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथिको छलफलमा बोल्दै उनले सहकारीका कारण लाखौ मानिसको बिल्लीबाठ हुने अवस्था भएपनि समाधानका लागि बजेटले सम्बोधन नगरेको बताए ।
लामिछानेले बजेटमा विग्रदो आर्थिक अवस्था सुधारका लागि कुनै कार्यक्रम नआएको उल्लेख गरे । बैंकहरुको ब्याजदर चर्को हुँदा व्यवसायीले ऋण तिर्न नसकेको, व्यापार–व्यवसाय सुस्ताउदा हरेक तीनमध्ये एक सटर खाली भएको र सहकारीहरुले पैसा दिन नसकेको अवस्था उनले उल्लेख गरे ।
Leave a comment