सयजना युवालाई सहकारी दूत घोषणा गरि पोखरा रोयल सहकारीको युवा गोष्ठी सम्पन्न

सयजना युवालाई सहकारी दूत घोषणा गरि पोखरा रोयल सहकारीको युवा गोष्ठी सम्पन्न :: Sahakari Akhabar

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले २२औं स्थापना दिवसको अवसरमा हन्ड्रेड युथ, सहकारी दूत अभियान सहित सयजना युवालाई सहकारीको दूत भोषणा गरी गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले युवा देशको कर्णधार र वर्तमानको साझेदार भएको भन्दै युवालाई संस्थाको हरेक गतिविधी र निर्णायक तहमा सहभागिता र सहकार्य गर्न जरुरी भएको बताइन् ।

संस्थामा आवद्ध १८ देखि ४० उमेर समूहका युवाहरुलाई लक्षित गरी गोष्ठी आयोजना गरेको र गोष्ठी मार्फत युवाहरुलाई सहकारीमा आकर्षण गर्ने, उनीहरुको शिप, क्षमता र अनुभवलाई सहकारीमार्फत समुदायमा रुपान्तरण गर्ने र उनीहलाई ससाना स्टाटअप व्यवसाय सञ्चालन गर्न बिउ पूँजी उपलब्ध गराउने उद्देश्यले गोष्ठी आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले जानकारी दिए ।

संस्थामा १८ देखि ४० वर्ष उमेर समूहका सदस्यहरु ४३ प्रतिशत रहेको जनाइएको छ । गोष्ठीमा युवा र सहकारीको विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्ग, युवा र सामाजिक दायित्व विषयमा सामाजिक अभियन्ता ढाकामोहन अधिकारी र भविश्य पहिल्याउदै युवाहरु विषयमा संस्थाका युवा सदस्य सन्तोष शर्मा, कृषि अभियन्ता शिवकुमार आले, डा.विन्दु पनेरु, प्रविधी विज्ञ सञ्जय महासेठ, युवा व्यवसायी निश्चल खरेल र लेक्चरर मीरज ढकालले प्रस्तुति तथा सहभागीसंग अनुभव आदान प्रदान गरेका थिए ।

तीनवटा सत्रमा सम्पन्न गोष्ठीको संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ्ग र सञ्चालक हरिबहादुर गुरुङ्गले सहजीकरण गरेका थिए । गोष्ठीमा ११ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।

प्रतिवद्धता पत्र

१ युवाको गतिविधीलाई नियमित गर्न सहकारीको युवा सञ्जाललाई गतिशिल बनाउन प्रतिवद्ध छौं । युवासंग सम्वन्धित विस्तृत वस्तुगत विवरण (Baseline)  तयार गर्न यो गोष्ठी प्रतिवद्ध छ । 
२ युवालाई Digital Wellbeing, जीवन उपयोगि, व्यक्तित्व विकास, क्षमता अभिवृद्धि तथा ससक्तीकरण सम्वन्धी नियमित रुपमा तालिम प्रदान गर्न प्रतिवद्ध छौं । 
३ वर्तमान वित्तीय बजारमा संस्थाको उपस्थितिलाई वित्तीय रुपमा सुरक्षित र नीतिगत रुपमा सुशासित राख्न युवा गोष्ठी ऐक्यवद्धता जाहेर गर्दछ । यूवामैत्री सहकारी क्षेत्र निर्माणका लागि स्थानीय तह, सरोकारवाला निकाय र सहकारी संघ संस्थालाई ध्यानकर्षण गर्दछ । 
४ पोखरा रोयल सहकारीको समुदाय केन्द्रित गतिविधीलाई नतिजामुखी बनाउन युवा शक्तिलाई व्यवस्थापन र परिचालन गर्न प्रतिवद्ध छौं । 
५ पोखरा रोयल सहकारीलाई नेपालको उत्कृष्ठ र दिगो सहकारीको रुपमा स्थापित गराउन नियमित रुपमा कारोबार गर्न र एक युवा एक नयाँ सदस्य निर्माण अभियानमा साथ दिने प्रण गर्दछ । 
६ युवाहरुलाई स्टाटअप व्यवसाय सञ्चालन गर्नका लागि सहकारी संस्था र सम्वन्धित सरकारी निकायहरुमा नीतिगत, पूँजीगत र विषयगत सहयोगको लागि सामुहिक पहलकद्मी गर्न गोष्ठी ऐक्यवद्धता जाहेर गर्दछ  ।
७ सहकारीका असल अभ्यासहरुलाई समाजका हरेक क्षेत्रमा प्रचार प्रसार गर्न, बैकिङ्ग पहुँच नपुगेको स्थानमा सहकारी मार्फत वित्तीय साक्षरता र प्रविधि साक्षरता प्रदान गर्न प्रतिवद्ध छ । 
८ युवाको ज्ञान, शीप, क्षमता र अनुभवलाई संस्थागत गर्न संस्थाको सञ्चालक समिति र विषयगत समितिहरुमा युवा प्रतिनिधित्व सुनिश्चितताको लागि यो गोष्ठी ध्यानकर्षण गर्दछ । 
९ नेपाल सरकारद्धारा जारी युथ भिजन २०२५ लाई साकार पार्न स्थानीय तथा राष्ट्रिय स्तरको कार्यक्रममा सक्रिय सहभागिता तथा आयोजना गर्न गोष्ठि प्रतिवद्ध छ । 
१० युवा वर्गको अन्तरदृष्टि र सम्भाव्यताहरु पहिचान गर्दै सहकारी क्षेत्रमा हामी युवाहरुको नेतृत्व र निर्णय प्रकृयामा सहभागि गराउन प्रतिवद्धता व्यक्त गर्दछौं ।
११ हामी युवाहरुको माध्यमबाट वातावरणीय समस्या र जलवायु परिवर्तनको बारेमा चेतना जगाउन र दिगो अभ्यास र जिम्मेवारी पूर्ण उपभोगलाई प्रोत्साहन गर्न प्रतिवद्ध छौं ।



Leave a comment