हाइलाइट

सहकारीकर्मीहरुलाई सुप्रबल जनसेवाश्री पदक

सहकारीकर्मीहरुलाई सुप्रबल जनसेवाश्री पदक :: Sahakari Akhabar

काठमाडौं । सहकारीकर्मीहरु मिनराज कँडेल, केबी उप्रेती, शशी खड्का (गुरुङ) र ज्ञानु पौडेल सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारीसमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले करिब एक हजार जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकोमा सहकारी क्षेत्रबाट तीन जना परेका हुन् भने सहकारीकर्मी ज्ञानु पौडेल सामाजिक क्षेत्रबाट परेकी हुन् ।

शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सवैलाई सम्मानित गरिएको हो । सुप्रबल जनसेवाश्री पदक पाउनेमध्ये कँडेल सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष हुन् ।

उप्रती राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका संचालक हुन् । यसैगरी सहकारीकर्मी खड्का भने सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् । त्यसैगरी ज्ञानु पौडेल जनउत्थान बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् । यसैगरी बागमती प्रदेश सहकारी विभागका पूर्व रजिष्ट्रार नारायणप्रसाद ज्ञवाली पनि सुप्रबल जनसेवाश्री पदकबाट बिभुषित भएका छन् ।



Leave a comment