काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले कुनै पनि सरकारले सहकारीलाई सहयोग नगरेको बताएका छन् । उनले सदस्य स्वयंले नै सहकारीलाई बचाउनुपर्ने बताएका छन् ।
पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष उप्रेतीले भने सहकारीलाई सदस्यले नै जोगाउनुपर्ने भने ‘सहकारीलाई हामीले नै जोगाउने हो, ‘एमाले, काँग्रेस, माओवादी कसैले जोगाउनेवाला छैनन् ।’
सरकारले सहकारीलाई पैसा नदिएपनि फरक नपर्ने तर ऐनमा भएका प्रवर्धनात्मक व्यवस्था कार्यान्वयनमा ल्याउन र सकारात्मक सन्देश दिन सक्थ्यो त्यो पनि गर्न चाहेको छैन ।
उप्रेतीले सहकारीमा पनि तरलताजस्ता समस्या आउँदा समाधानकालागि सरकारले कुनै चासो नदेखाएको आरोप लगाएका छन् । सहकारीका संचालकहरुले तरलता व्यवस्थापनका लागि राज्यसँग १० अर्व रुपैयाँ सहयोग मागेका थिए ।
सहकारीको तरलता ब्यवस्थापनकालागि सहकारी मन्त्रालयमा रहेको प्रवर्धन कोष परिचालन तथा सहुलियत कर्जालगायतको माग गरेपनि राज्यबाट असहयोग भएको उनको गुनासो थियो ।
Leave a comment