काठमाडौं । सहकारी संस्थाहरुमा समस्या बढ्दै जादा काठमाडौं महानगरपालिकाको सहकारी विभागमा उजुरीका चाङ लागेको छ । चालु आर्थिक वर्षमा मात्र एक सय ७३ वटा उजुरी परेको विभागकी उपनिर्देशक विमला कोइरालाले जानकारी दिइन् ।
नेपाल सहकारी पत्रकार समाजद्धारा आयोजिक अन्तरक्रिया कार्यक्रममा उपनिर्देशक पौडेलले महानगरमा बचत फिर्ता, शेयर रकम फिर्ता, ऋण मिलान, ऋण तिर्न दवाव दिएको, सन्दर्भ ब्याजदर निर्धारण, सञ्चालक समितिले ऋण लिएको, बैठक नबसेको, अध्यक्ष सम्पर्कविहिन, विना जानकारी सञ्चालकमा राखेको, लेखा समितिको भुमिका नभएको जस्ता विषयमा उजुरी परेको बताइन् ।
विभागका परेका उजुरीमध्ये विभागबाट ११५ वटाको विभागले नै फस्यौट गरेको र ५८ वटा भने कारवाहीका लागि पहरीमा सिफारीस गरिएको कोइरालाले बताइन् । ‘कारवाहीका लागि प्रहरीमा सिफारीस गरौं भन्ने हाम्रो पनि उद्देश्य हुदैन’ उनले भने, ‘उजुरी परेपछि सम्पर्क तथा छलफलमा नआउने, विभागसँग गरेको प्रतिवद्धता अनुसार काम नगरेको अवस्थामा मात्र कारवाहीको लागि सिफारीस गछौं ।’
तत्कालिन डिभिजन सहकारी कार्यालयले १९५५ वटा सहकारीहरु महानगरको जिम्मा दिएकोमा १६२८ वटा बचत ऋण रहेका छन् । यस्तै बहुउद्देश्यीय २६४, कृषि १५, उपभोक्ता १३, सिपमुलक÷श्रमिक ३–३ वटा र पर्यटन, साझा र चियाका १ / १ वटा रहेको विभागले जनाएको छ ।
Leave a comment