काठमाडौं । पूर्वअर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाले सहकारीको नियमन राष्ट्र बैंकलाई दिनु गलत हुने बताएका छन् । सहकारी महासम्मेलनमा बोल्दै उनले नियमनका लागि दोस्रो तहको नियामक खोल्नु प्रभावकारी हुने उल्लेख गरे ।
राष्ट्र बैंकले नियमन गर्दा सहकारीको मौलिकता हराउने र यसको सिद्धान्त अनुसार अघि बढाउन नसकिने खतिवडाले बताए । सरकारले संसद्मा दर्ता रहेको विद्ययेकमार्फत ५० करोड रुपैयाँ भन्दा बढी कारोबार हुने सहकारीहरुलाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने प्रस्ताव गरिएको छ ।
यसअघि महासम्मेलनमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले पनि सहकारीहरुको नियमन गर्नेगरी सेकेन्ड टायर इस्टिच्युसन गठन गर्न लागि तयारी भइरहेको जानकारी दिएका थिए ।
Leave a comment