काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उत्पादन बढाउनका लागि गाउ–गाउँमा कृषि सहकारीहरु खोल्नुपर्ने बताएका छन् । बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले गरेको सहकर्मीहरुको राष्ट्रिय भेलामा बोल्दै उनले संविधानमा उल्लेख समाजवाद उन्मुख अर्थतन्त्रको आधार खडा गर्ने साधन सहकारी रहेको र त्यसलाई उत्पादन क्षेत्रमा अघि बढाउनुपर्ने आवश्यक्ता औल्याए ।
सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुन नसक्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । त्यसका लागि कृषिमा आधारित उत्पादन सहकारीहरूको निर्माण, तिनीहरुलाई उत्पादनमा परिचालन र बजारीकरण काम गर्नुपर्ने आवश्यता रहेकामा जोड दिए । ‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि नै हो । उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरु उद्योग दिगो हुदैननन् । कृषिको व्यवसायीकरण गर्नका लागि सहकारीमार्फत् काम गर्नुपर्छ’ उनले भने ।
प्रधानमन्त्री दाहालले संविधानमा उल्लेख निजी, सरकारी र सहकारीको तिनखम्बे अर्थनीति ठूलो संघर्ष र बलिदानको जगबाट प्राप्त भएको उल्लेख गर्दै यसैलाई सहकारी पुँजीवादीकरण गरेर संविधानले प्रतिवद्धता गरेको दिशातिर्फ जान नपाओस् प्रतिगनतिर धकल्ने प्रयास भइरहेको बताए । यसैगरी सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटिसकेको भन्दै सर्वसाधारणले परिवर्तन महशुस गर्नेगरी काम गर्नुपर्ने चूनौति रहेको उनको भनाइ थियो ।
Leave a comment