कर्मकान्डी लेखापरिक्षणले सहकारीमा समस्या आयो : अध्यक्ष दाहाल

कर्मकान्डी लेखापरिक्षणले सहकारीमा समस्या आयो : अध्यक्ष दाहाल :: Sahakari Akhabar

काठमाडौं । सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दाहालले कर्मकान्डी लेखापरिक्षणले सहकारी क्षेत्रमा समस्या आएको बताएका छन् । आन्तरिक लेखापरिक्षणलाई प्रभावकारी बनाउनु पर्नेमा उनको जोड थियो ।

६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती बचत तथा ऋण सहकारी संंघ (प्रोस्कून) ले आयोजना गरेको गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले सहकारीमा आन्तरिक नियन्त्रणको निम्ति सहकारी ‘अंकुशमेन्ट’ लागू गर्ने आवश्यक रहेको उनले औंल्याए ।

सबै सहकारीमा लागू गर्न नसके पनि ठुलो कारोबार गर्ने संस्थाहरुमा यो लागू गर्न सकिने उनको भनाई छ । आन्तरिक निरिक्षणको लागि यसलाई प्रयोग गर्न सकिने र त्यसकै आधारमा सञ्चालक समिति, व्यवस्थापन र लेखा परिक्षकले गर्नुपर्ने सुधारमाा प्रभावकारिता ल्याउन सकिने उनको भनाई छ ।

आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नहुँदा र नियमन अनुगमन प्रणाली फितलो हुदाँ सहकारीमा समस्या आएको उनको दाबी छ । दुई वटा प्रणालीमा सुधार नआएसम्म सहकारी क्षेत्र नसुध्रिने उनले जनाए । सहकारीको सुशासन र दिगोपनाको लागि गम्भीर भएर लाग्नु पर्नेमा उनले जोड दिए । सहकारी क्षेत्र सुधारको लागि उपयुक्त समय आएको हुन सक्ने उनले बताए ।

सहकारी क्षेत्रको सुधार गर्न सहकारी विज्ञ सहितको उच्चस्तरिय आयोग  गठन गर्न आवश्यक रहेको उनले जनाए । राज्यकै तहबाट राज्यलाई नै सुझाव दिन आयोग गठन गर्न आवश्यक रहेको भन्दै दाहालले सहकारीका बीचमा व्यापक छलफल तथा अन्रक्रिया गरी ऐन, नियम, नीति र संरचनामा सुधारका लागि अगाडि बढ्न उनले सुझाव दिए ।

तरलता व्यवस्थापन र ऐन नियम कार्यान्वयन गर्न अभियानले नै पहल गनृुपर्ने बताए । सहकारीमा विश्वासको वातावरण बनाउन अभियानको तर्फबाट सयुक्त विज्ञप्ति निकाल्न उनले सुझाव दिँदै राज्यले सबै सहकारीमा समस्या छैन र बचत फिर्ताको लागि लाइन नलाग्नुस् भन्ने जस्ता सकारात्मक विज्ञप्ति जारी गर्ने कुरामा पनि अभियान एकाकार भएर अघि बढ्नुपर्ने बताए ।



Leave a comment