सहकारी अखबारकर्मी थापालाई ‘सहकारी पत्रकारीता’ पुरस्कार

सहकारी अखबारकर्मी थापालाई ‘सहकारी पत्रकारीता’ पुरस्कार :: Sahakari Akhabar

विराटनगर । यस बर्षको उत्कृष्ट ‘सहकारी पत्रकारीता’ पुरस्कार  सहकारी अखबार डट कम कोशी प्रदेश संवाददाता चीना थापालाई प्रदान गरिने भएको छ । हरेक बर्षको राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने उक्त पुरस्कार यो बर्ष पत्रकार थापालाई दिईने निर्णय गरिएको हो ।

६६ औं राष्ट्रिय सहकारी दिवस मूलसमारोह समितिको केहि दिन अगाडि बसेको बैठकले उक्त निर्णय गरेको दिवस मूल समारोह समितिका संयोजक तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए ।

चैत्र २० गते हुने कार्यक्रम स्थलमा नै पत्रकार सम्मेलन गरेर मूलसमारोह समितिका संयोजक पोखरेलले पुरस्कृत हुने व्यक्तिहरुको नाम सार्वजनिक गरेका हुन । पत्रकारीता पुरस्कारको राशि ५ हजार १ सय रुपैया रहेको छ ।

पुरस्कार चैत्र २० गते सहकारी दिवसको दिन प्रदान गरिने पोखरेलले जानकारी दिए । चैत्र २० गते कोशी प्रदेश प्रमुख पुर्शराम खापुङको प्रमुख आतिथ्यतामा विराटचोकमा सहकारी दिवसको कार्यक्रम गरिने पनि उनले जानकारी दिए ।

मोरङलाई कार्यक्षेत्र बनाएर सहकारीको क्षेत्रमा कलम चलाउने मध्ये हरेक बर्ष एक जनालाई पुरस्कृत गरिदै आएको र यो भन्दा अगाडि पत्रकार नरेन्द्र दाहाल, महेन्द्र विष्ट, मिन कुमार नवोदित, सुशिला पाठक, नविन कर्ण, केदार चौहान र भुपेन्द्र तिम्ल्सिनाले पाईसकेको पोखरेलले बताए ।

पत्रकार थापासँगै यो बर्षको सहकारी व्यक्तित्व पुरस्कारबाट रंगेली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद मेहेता र केराबारी सामुदायिक सहकारी सस्थाकी विन्दा श्रेष्ठ तामाङलाई दिईने निर्णय बैठकले गरेको संयोजक पोखरेलले जानकारी दिए ।



Leave a comment