सहकारी मन्त्रीमा श्रेष्ठ

सहकारी मन्त्रीमा श्रेष्ठ :: Sahakari Akhabar

काठमाडौं । संघिय सरकारको भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा रञ्जिता श्रेष्ठ नियुक्त भएका छिन् । शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्दै प्रधानमन्त्री पुश्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठलाई सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् । कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएकी श्रेष्ठ टिकापुर घटनाको मुद्दामा जेल जीवन विताइरहेका रेशम चौधरीकी श्रीमती हुन् ।

तत्कालिन भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा राजेन्द्र कुमार राईले फागुन १५ गते राजिनामा दिएपछि मन्त्रालय नेतृत्व विहिन अवस्थामा थियो । सहकारीकर्मीहरुले विभिन्न मागसहित दवावमुलक कार्यक्रम गरिरहेका बेला मन्त्रालय मन्त्री विहिन हुँदा मन्त्रालयस्तरमा गर्ने निर्णयहरु समेत हुन सकेका छैनन् ।



Leave a comment