सहकारी बचाऔं राष्ट्रिय अभियानको माग सम्बोधन गर्न महासंघद्धरा समिति गठन

सहकारी बचाऔं राष्ट्रिय अभियानको माग सम्बोधन गर्न महासंघद्धरा समिति गठन :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी बचाऔं राष्ट्रिय अभियानका मागलाई सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । संघले सहकारी बचाऔं अभियानले राखेका १३ बुँदे मागलाई सम्बोधन गर्न तीन सदस्यीय समस्या समाधान संयोजन समिति गठन गरेको हो । महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा संचालक राजेन्द्र पौडेल र शिव डाँगी सदस्य रहेको समिति गठन गरेएको हो ।

महासंघको बैठकले सहकारी क्षेत्रमा देखिएको तरलता अभावले सहकारी क्षेत्रमा विश्वासको संकट सिर्जना हुँदै गएको अवस्थामा सहकारी बचाऔं राष्ट्रिय अभियानले अघि सारेका १३ बुँदे मागलाई आत्म साथ गर्दै अभियानको शाख समेत जोगाउनुपर्ने अवस्था आएको जनाएको छ ।

यस्तो अवस्थामा विषयगत संघ केन्द्रीय संघ सहकारी बैंक, प्रदेश सहकारी संघ तथा जिल्ला संघ तथा नियामक निकाय र स्थानीय तहहरु संग समन्वय गरी समस्या समाधानकालागि आवश्यक पहल गर्न समिति गठन गरेको जनाएको छ ।

सहकारी बचाऔं अभियानले विषम परिस्थिति रहेकाले सहकारी क्षेत्र बचाउनका लागि सन्दर्भ ब्याजदर पुनरावलोकन, तरलता व्यवस्थापन कोष, कर्जा सूचना केन्द्र स्थापना लगायतका विभिन्न मागहरु अघि सारेर आन्दोलन गरिरहेको छ ।

त्यसैगरी महासंघले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन विषयगत केन्द्रीय संघहरु, प्रदेश सहकारी संघ, सहकारी बैंक, प्रदेश तथा जिल्लस्तरिय सहकारी संघहरु तथा सहकारी संस्थाहरुलाई सप्ताहब्यापी मनाई सो को जानकारी महासंघलाई दिन निर्देशन दिएको छ ।

साथै सहकारी दिवस मनाउन तीनै तहका सरकारलाई अनुरोध गर्ने निण्नर्य गरेको छ । साथै आगामी चैत्र २३ देखि २५ सम्म हुन लागेको राष्ट्रिय सहकारी महासम्मेलनलाई सफल बनाउने समेत निर्णय गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



Leave a comment