समस्या परेका सहकारीलाई सहयोग गर्न ‘क्वीक रेस्पन्स टिम’

समस्या परेका सहकारीलाई सहयोग गर्न ‘क्वीक रेस्पन्स टिम’ :: Sahakari Akhabar

काठमाडौं । तरलता अभावको समस्याले सहकारी संस्थाहरुमा तनाव हुन थालेपछि सहकारीका संचालकहरु मिलेर क्वीक रेस्पन्ट टिम (क्युआरटी) बनाएका छन् । सहकारी बचाऔं राष्ट्रिय अभियानको नाममा आन्दोलन सुरु गरेका उनीहरुले कुनै संस्थामा विवाद देखिएमा तुरुन्तै सहजिकरण गर्ने गरी टिम खडा गरेका हुन् ।

‘संस्थाको भौतिक सम्पतिका साथै संचालक र कर्मचारीमाथी समेत आक्रमणका घटना हुन थालेपछि त्यस्तो अवस्थामा सहयोग गर्नका लागि टिम बनाइएको हो’ आन्दोलनमा सहभागि एक नेताले भने, ‘संस्थाहरुमा हुलदंगा तथा झैझगडाको स्थिती आयो संस्थालाई टिमका साथीहरु तुरुन्तै पुगेर सहयोग गछौं ।’

सहकारीहरुले लामो समयदेखि बचत फिर्ता गर्न नसकेपछि सर्वसाधारणहरु आक्रोशित हुन थालेको छन् । जसले गर्दा संस्थाहरुमा तनावको स्थिती समेत सिर्जना हुन थालेको छ । तनाव भएका सहकारीहरुलाई प्रहरी प्रशासनले समेत सहयोग नगरेपछि संचालकहरु आफै एकजुट भएका हुन् ।

गत शुक्रबार काठमाडौंमा भएको सहकारी बचाऔं राष्ट्रिय अभियानको भेलाले नैतिक बचत तथा ऋण सहकारीका अध्यक्ष सुवास महतको संयोजकत्वमा क्युआरटी बनाएको छ । यो टिममा हालसम्म एक सय भन्दा बढि सदस्य रहेको र उपत्यकाको विभिन्न क्षेत्रका लागि छुट्टाछुट्टै टिम बनाइएको छ ।

आन्दोलन अघि बढाउनका लागि नरेन्द्र बिष्टको संयोजकत्वमा मूल समिति, विन्देश्वर श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति, मधुसुदन पाठकको संयोजकत्वमा प्रचारप्रसार समिति तथा रामहरि बजगाईको संयोजकत्वमा समन्वय समिति बनाइएको छ ।

शुक्रबारको भेलाबाट १३ बुँदे माग अघि सार्दै तीन दिनभित्र पुरा नभए थप आन्दोलनको कार्यक्रम अघि बढाउने निर्णय भएको थियो । तर, एकसाता वितिसक्दा पनि उनीहरुले आन्दोलन शसक्त बनाउन सकेका छैनन् ।

स्रोतका अनुसार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँले समन्वय समितिका संयोजक बजगाईमार्फत आन्दोलनलाई मत्थर बनाउन सक्रिय देखिएका छन् । उनका लागि आन्दोलनकारीहरुले अघि सारको महासम्मेलन स्थगनको माग सबैभन्दा भारी परिरहेको छ ।

गत शनिबारनै आन्दोलनकारीका नेताहरुसँग भेटेर कडेँलले उनीहरुको माग पुरा गर्नका लागि नेतृत्व गर्न आफु तयार रहेको उल्लेख गर्दै संयमित हुन र महासम्मेलन यथावत रुपमा संचालन गर्न अनुरोध गरेका थिए ।

अभियानको आन्दोलनलाई मत्थर पार्नका लागि कडेलले सहकारी रजिष्ट्रार, मन्त्रालयका सचिवसँग भेट गर्नुका साथै बुधबार साझ ७ बुँदे अपिल समेत जारी गरिसकेका छन् ।
 



Leave a comment