काठमाडौं । संघिय सहकारी विभागले युवा लक्षित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु गर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । चैत ६ गतेदेखि १२ सम्म विभिन्न कार्यक्रम गरी ग्लोबल मनी विक–२०२३ मनाउन र यससम्बन्धी जानकारी विभागलाई उपलब्ध गराउन निर्देशन दिएको हो।
युवाहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले अर्गनाइजेशन अफ इकोनोमी कोअपरेसन एण्ड डेभलपमेन्टको संयोजनमा विश्वका धेरै देशमा यो दिवस मनाइन्छ । दिवसका लागि यस वर्ष ‘प्लान योर मनी, प्लान योर फ्युचर’ भन्ने थिम तय गरिएको छ।
नेपालमा पनि वित्तीय क्षेत्रका नियामक निकायहरु नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण, सहकारी विभाग, धितोपत्र बोर्डका साथै वित्तीय क्षेत्रमा काम गरिरहेका संस्थाहरुले विभिन्न चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाउदै छन् ।

Leave a comment