सिम्रिक सहकारी द्वारा २ सय सदस्यलाई बिउ वितरण

सिम्रिक सहकारी द्वारा २ सय सदस्यलाई बिउ वितरण :: Sahakari Akhabar

विराटनगर । सिम्रिक वचत तथा ऋण सहकारी संस्था लिमिटेट पथरीले सहकारी शिक्षा तालिम तथा कृषि तालिम संचालन गरेको छ । संस्थाको शिक्षा उपसमिति द्वारा आफ्ना शेयरसदस्यहरुका लागि एक दिवसीय सहकारी कार्यक्रम संचालन गर्नुका साथै बिउ बिजन वितरण समेत गरेको हो ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, पथरीशनिश्चरे कृषि शाखाका टिकादेवी राई,पथरी साखाको साखा प्रमुख सौरभ भण्डारी, शिक्षा समिति सदस्य वद्रि प्याकुरेल,प्रहरी चौकी कुसेका प्रतिनिधि निर्मला योगी, कर्जा जोखीम विभाग प्रमुख प्रेम बस्नेत, आई.टि. विभाग विजय पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

शिक्षा उपसमिती संयोजक मेहरमान बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ सय जना शेयरसदस्यहरुलाई विभिन्न प्रकारका मौषमी बीउ बिजन वितरण गरिएको थियो । पछिल्लो समय सहकारीमा देखिएका समस्या र बजारमा सहकारीप्रति नकरात्मक कुराहरु भईरहेको बेला आफ्ना सदस्य जोगाउन र सहकारीको वास्तविक गतिविधि देखाउनका लागि सहकारीहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।



Leave a comment