काठमाडौं । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सबै सहकारीमा समस्या नरहेको भन्दै ढुक्क भई कारोबार गर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै कार्यालयले शहर केन्द्रीत तथा स्वनियमन र आन्तिरिक नियन्त्रण गुमाएका सहकारी संस्थाहरुमा मात्र समस्या रहेको स्पष्ट पारेको हो ।
सहकारी संस्थाहरु तरलताको अभाव भई सदस्यको बचत फिर्ता गर्न नसकेको समाचार सार्वजनिक हुन थालेपछि सबै सहकारीहरु प्रभावित हुन थालेका छन् । जसका कारण प्रदेश रजिष्ट्रार कार्यालयले सदस्यलाई आश्वस्त बनाउन विज्ञप्ती जारी गरेको हो ।
१३ बुँदाको विज्ञप्तीमा सहकारी संस्थाको ऋण तिर्नु पर्दैन, मिनाहा हुन्छ भन्ने जस्ता हल्लाको पछि नलाग्न, संस्थाका संचालक र कर्मचारीले हिनामिना गरेको पाइए उजुरी गर्न, संचालन खर्चमा मितव्ययी भई सदस्यलाई सहूलियत दिन, तोकिएभन्दा बढि ब्याज र उपहारको लोभमा बचत नगर्न, संस्थाको अवस्था जानकारी दिने गरी श्वेतपत्र जारी गर्न आग्रह गरिएको छ ।
निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले हस्ताक्षर गरेको विज्ञप्तीमा सहकारी ऐन कानुन अनुसार संचालन भएको सहकारीमा सदस्य बनेर मात्र कारोबार गर्न पनि आग्रह गरिएको छ ।
विज्ञप्तीको पूर्ण पाठ



Leave a comment