हाइलाइट

स्वदेशी चिया प्रवर्धन गर्न निशुल्क चिया स्टेशन

स्वदेशी चिया प्रवर्धन गर्न निशुल्क चिया स्टेशन :: Sahakari Akhabar

झापा । थोक उपभोक्ता विशिस्टिकृत सहकारी संघले स्वदेशी चिया प्रवर्धन गर्ने भएको छ । संघले आयातित चियाको प्रयोगलाई निरुत्साहित गर्न स्वदेशी चियाको प्रवर्धन गर्ने भएको हो । संघले विभिन्न सहकारीबाट उत्पादन गरिएका चियाको निशुल्क चिया पिउने ‘स्टेसन’ सुरु गरेको  छ ।

कोशी प्रदेशमा रहेका विभिन्न सहकारीबाट उत्पादन भएका कृषिजन्य सामाग्री तथा चियाको स्वाद चखाउने अभियान झापाबाट सुरु गरेको छ । यसका लागि संघद्वारा बजारीकरण गरिएको अल्पाईन ब्रान्डको चियाको स्वाद निशुल्क चखाई रहिएको छ ।

संघले सहकारीको उत्पादन उपभोक्तामाझ सहज रुपमा पुर्याउन साथै सहकारीको उत्पादन स्वस्थ्य र अर्गानिक हुने सन्देश दिन यस्तो अभियान थालनी गरिएको संघका अध्यक्ष महेन्द्र गिरिले जानकारी दिए ।

सहकारीको उत्पादन सहकारीमार्फत नै बजारीकरण गर्ने लक्ष्यका साथ प्रदेश १ थोक उपभोक्ता बिशिस्टिकृत सहकारी संघले अहिलेसम्म तीन हजार बढिलाई निशुल्क चियाको स्वाद चखाई सकेको जनाएको छ ।

त्यसैगरी संघले चिया, मह, तोरिको तेल, बेसार लगायतका दैनिक उपभोग्य कृषीजन्य सामाग्रीको बजारीकरण गर्दै आएको अध्यक्ष गिरिले बताए ।



Leave a comment