मोरङका सहकारी संघहरुको विज्ञप्ती : न्यून संस्थाको समस्यालाई अतिरञ्जित बनाइयो

मोरङका सहकारी संघहरुको विज्ञप्ती : न्यून संस्थाको समस्यालाई अतिरञ्जित बनाइयो :: Sahakari Akhabar

विराटनगर । केहि सहकारी संस्थामा देखिएको समस्यालाई अतिरञ्जित बनाएको भन्दै मोरङका संघहरुले विरोध गरेका छन् । सोमबार संयुक्तविज्ञप्ती जारी गर्दै उनीहरुले केहि ब्यक्तितथा समूहद्वारा बैंक वित्तिय संस्थाको कर्जा / ब्याजतिर्न नपर्ने जस्ता अभिब्यक्तिका साथकार्यक्रमहरु भईरहेकोमा ध्यानार्कषण भएको उल्लेख गर्दै यस्ता उदण्ड, उच्छृङखल र अराजक अभिब्यक्ति र कार्यक्रमका पछाडी नलाग्न हामी सम्पुर्ण सहकारी संघ / संस्थाका सदस्यहरुलाई आग्रह गरेका छन् ।

‘कोरोना महामारी र रुस यूक्रेन युद्धका कारण विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण नेपालमा बैंक तथा वित्तिय संस्था सँगसगै केहि सहकारी संस्थामा पनि तरलताको अभाव देखापरेको छ’ विज्ञप्तीमा उल्लेख छ’ बचत फिर्ताको चाप एकैपटक परेका कारणले केहि संस्थाहरुले बचत फिर्ता गर्न नसकेको र अत्यन्तै न्युन संख्याका सहकारी संस्थामा देखिएको यो समस्यालाई लिएर सिगों सहकारी अभियानलाई नै आक्षेप लगाउने दुस्प्रयासहरु हुनथालेको छ ।’

विज्ञप्तीमा जिल्ला सहकारी संघ मोरंगका अध्यक्ष डिल्ली पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश कोईराला, जिल्ला कृषि सहकारी संघका अध्यक्ष रविन्द्र आचार्य, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष माधव अधिकारी, जिल्ला उपभोक्ता सहकारी संघका अध्यक्ष माधव अत्री, जिल्ला तरकारी तथा फलफुल उत्पादक सहकारी संघका अध्यक्ष विपिनकुमार भगतले हस्ताक्षर गरेका छन् ।

मुलुकभर करिव ३२ हजार सहकारी र तिनमा आवद्ध करिव ७६ लाख नेपाली जनताले सहकारी मार्फत वित्तिय कारोवार, रोजगारी सृजना,सामाजिक रुपान्तरण, महिला सशक्तीकरण लगायतको क्षेत्रमा पुर्याएको अतुलनिय योगदानलाई कसैले पनि नजर अन्दाज गर्नु नहुने भन्दै बर्तमान अबस्थामा सहकारी क्षेत्रको योगदान र सहकार्य विना मुलुकको समग्र विकास र प्रगतिको कल्पना गर्न नसकिने विज्ञप्तीमा उल्लेख छ ।

सदस्यहरुद्वारा सदस्यहरुकै लागि सहकारी संस्थाको स्थापना गरिएको हुन्छ । त्यसैले सदस्यहरु आफु आवद्ध संस्थाको निरन्तर सम्पर्कमा रहने, नियमित कारोवार गर्ने, अनावश्यक हल्ला र प्रचारका बिरुद्ध सामुहिक प्रतिवाद गर्ने, नियमित किस्ता भुक्तानी र बचत गर्ने तथा संस्थालाई सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुरुप संचालन गर्ने / गराउने काममा सक्रिय रहनुपर्दछ । त्यसैगरी संचालक र कर्मचारीहरुले पनि सदस्यहरुको माग र आवश्यकताको सम्बोधन गरी नियम संगत संस्था संचालन गर्दै कार्यालय नियमित खोली सेवा प्रवाह गर्नु आग्रह गरिएको छ ।

‘सहकारी सदस्यहरुकै संस्थाहो, सदस्यहरु द्वारा बचत गरिएको रकम नै सदस्यहरुमा लगानी गरिएको हुन्छ । समयमा किस्ता भुक्तानी नगर्नाले आफू कालो सूचीमा परि भविष्यमा संस्थाद्वारा प्राप्तहुने सवै सुविधाबाट बन्चित हुनुका साथै कानुनी कार्वाहीमा पर्न सकिने तर्फ सचेत हुदै नियमित कारोवारमा संलग्न हुन सवै सदस्यहरुमा विज्ञप्ती मार्फत आग्रह गरिएको छ । साथै यस्ता उच्छृङखल गतिबिधि गरी मुलुकको कानुनलाई आफ्नो हातमा लिनखोज्ने ब्यक्ति र समूहलाई तत्काल कानुनी दायरामा ल्याउन हामी सरकारसँग जोडदार गरिएको छ ।

हरेक समस्याहरु सामूहिक प्रयास र प्रतिबद्धताबाट समाधान हुन्छन । तरलता अभावबाट उब्जिएका समष्याहरु क्रमश : समाधान हुदै जान्छन र जानेक्रममा पनि छन । सिङ्गो सहकारी क्षेत्रमाकुनै समस्या छैन । अतः उच्च मनोवलका साथ एकताबद्ध भई आ–आफ्नो जिम्मेवारी र कर्तब्य पूरा गर्दै सक्रिय हुन सम्पूर्ण सदस्य, संचालक, कर्मचारी र आम जन समुदायमा अपिल पनि गरिएको छ ।



Leave a comment