हाइलाइट

सहकारीको वर्तमान समस्या र समाधान

सहकारीको वर्तमान समस्या र समाधान :: Sahakari Akhabar

हिजोआज सामाजिक सञ्जाल र सञ्चार माध्ययममा सहकारी र यसको बचत सम्बन्धी  गुनासोका खबरहरूले प्राथमिकता पाइरहेका छन् । मेरो बुझाईमा सहकारी त्यस्तो सस्था हो जसले वित्तीय सेवा लिन–दिन सदस्यको घरसम्म पुग्छ । बैंकको ढोकाबाट छिर्न उचित नमानेकाहरूलाई घरसम्म सहकारी पुग्छ । तर समय र परिस्थितिले यसको दायरा अलिकति बढाएको छ, जसको आकर्षक ब्याजदरमा वित्तीय क्षेत्र बुझेका मानिस लोभिएको पाइन्छ ।

देशको आर्थिक मन्दी र विश्व अर्थतन्त्रमा आएको गिरावट र ब्यापार घाटाले दैनिक वित्तीय  क्षेत्रमा असन्तुलन बनाएको छ । यसले समग्र बजारलाई नै अस्थिर बनाएको छ । जहाँ, वित्तीय माग बढ्दो छ, त्यहाँबाट उत्पादकत्वमा हुने प्रभावकारी लगानीको अभावले पूँजीको परिचालन घट्दो दरमा छ ।

अर्थात्, लगानीको वातावरण दिनानुदिन घट्दो क्रममा छ र उत्पादकत्व ऋणात्मक हुँदै गएको छ । सहकारी संस्था खराब नै हुन त ? हिजोआज यो विषय बुझ्न र बुझाउन नसक्दा बचतकर्ताहरुको बचत र सहकारीको अस्तित्व जोखिममा छ ।

नेपालमा हाल २९ हजार हाराहारी सहकारीहरू दर्ता भइ सञ्चालनमा  छन् । जसमध्ये ०.०३ प्रतिशत अर्थात ९ सयदेखि १ हजार हाराहारी सहकारी बचत फिर्ता गर्न नसकेर समस्यामा परेको देखिन्छ । समस्यामा परेका संस्थाहरूले सम्पति र दायित्वको उचित व्यवस्थापन गर्न नसकेको देखिन्छ ।

यसरी हेर्दा केही सिमित सहकारीहरूमा देखिएका समस्याका कारण समग्र सहकारीलाई असर परेको छ । देशमा देखिएको आर्थिक संकटका कारण  बचतकर्ताहरूले एकै पटक बचत फिर्ता माग गर्दा बलियो भनिएका सहकारी पनि टाट पल्टिने अवस्थामा पुगेका छन् ।

साधारणतया सहकारी संस्थाले लगभग १० देखि १६ प्रतिशतसम्म रकम चलायमान अवस्थामा राखेका  हुन्छन् र बाँकी  दर्घकालिन लगानीमा खर्चिएका हुन्छन् ।  उचित प्रतिफल दिर्घकालिन लगानीबाट आएको प्रतिफलबाट दिने गर्दछन् ।

तर, सबै बचतकर्ताहरू एकैपटक सस्थामा पुगे भने संस्थाको तरलतामा समस्या आएर समस्याग्रस्त हुनसक्छ । तसर्थ, बचतकर्ता र संस्थाबीच आपसी समझदारी हुन् आवश्यक छ । यस्तो स्थितिमा बचतकर्ता सम्यमित भइ बचत फिर्ताका लागि ध्यान दिनु पर्ने  देखिन्छ,  किनकी सस्था डुब्दा  बचत नै ढुब्ने जोखिम हुन्छ ।

सस्थाले पनि बचतकर्ताहरूको बचत लगानी सुरक्षित रहेको आभाष देखाउन सक्ने प्रभावकारी लगानीको विस्तृत विवरण सार्वजनिक गर्नुपर्छ  । एकै पटक बचत फिर्ता लिन आउन चाहने सदस्यलाई आवश्यकता र बचत जोखिमको डरका बारेमा जानकारी लिइ त्यसै अनुसार सकारात्मक विश्वास दिलाउन सक्नुपर्छ ।

सहकारीसँग सम्बन्धी विभिन्न संघ संस्थाहरूले सबै सहकारीको अस्तित्व नै गुम्न सक्ने अवस्था रहेकाले विश्वासको बातावरण बनाउनुपर्छ । सहकारीप्रति विश्वास दिलाउन आवश्यक देखिन्छ । तर सबै संस्थाहरू मौन रहेको पाइन्छ ।

बचतकर्ताहरूले सहकारी संस्थाको सञ्चालक पदाधिकारीहरू स्थानीय हुन कि होइनन्  ध्यान दिनुपर्छ । सस्थाले लगानी काहा गरेको छ ? सुरक्षित ऋण लगानी छ की छैन, उत्पादकत्व बढाउनमा लगानी छ कि छैन भन्ने विषय पनि विचार गर्नुपर्छ । ऋण लगानी र कुल पूँजीको अनुपात कति छ भन्ने जानकरी पनि राख्नुपर्छ । वितिय क्षेत्रको असन्तुनलाई आत्मसाथ गर्दै धैर्यता राख्नु अहिलेको आवश्यकता हो ।

बचतकर्ताहरूले सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सञ्चालकहरू कुन ठाउँका हुन्, जुन ठाउँमा सहकारी संस्था छ त्यस ठाउँको  अवस्था कस्तो छ  भन्ने विषयमा बुझ्नुपर्छ । किनकी प्रायः सहकारी संस्थाहरू स्थानीय जनताबाट सञ्चालित भन्दा  पनि बाहिरबाट आएर सञ्चालन गरेका बढी जोखिममा परेको देखिन्छ ।

बचतकर्ताहरूले सहकारी संस्थाको सञ्चालक पदाधिकारीहरू स्थानीय हुन कि होइनन्  ध्यान दिनुपर्छ । सस्थाले लगानी काहा गरेको छ ? सुरक्षित ऋण लगानी छ की छैन, उत्पादकत्व बढाउनमा लगानी छ कि छैन भन्ने विषय पनि विचार गर्नुपर्छ । ऋण लगानी र कुल पूँजीको अनुपात कति छ भन्ने जानकरी पनि राख्नुपर्छ । वितिय क्षेत्रको असन्तुनलाई आत्मसाथ गर्दै धैर्यता राख्नु अहिलेको आवश्यकता हो ।

बचतकर्ताले आवश्यकता अनुसार मात्रै बचत रकम फिर्ता लिनुपर्छ । बजारमा केही सहकारी संस्थाका बारेमा नराम्रो हल्लाले समग्र सहकारी संस्थाको अस्तित्व गुम्न सक्ने अवस्था रहेका कारण सजग रहनुपर्छ । सारांशमा, सस्थाको सञ्चालकहरूले पनि आफ्नो सस्थाको वित्तीय अवस्थाको सम्पूर्ण सेयर सदस्यहरलाई जानकारी दिनुपर्छ ।

वित्तीय अवस्था  सुरक्षित रहेको जानकारी दिदै सहकारीमा विश्वासको वातावरण बनाएर सदस्य शिक्षा सञ्चालन गर्नुपर्छ । सम्पूर्ण बचतकर्ताहरूले आर्थिक मन्दी तथा देशको अस्थिर वित्तीय अवस्थालाई मध्यनजर गर्दै  सहकारी सञ्चालन गर्ने  उचित वातावरण श्रृजना गर्नुपर्छ ।

समस्यामा रहेका सस्था सञ्चालन गर्ने उचित वातावरण बनाउने तर्फ लाग्नु नै उपयुक्त देखिन्छ, जसबाट सस्थाको अस्तित्व साथै बचतकर्ताहरुको बचत फिर्ता हुने वातावरण बन्न सक्छ । यसको लागि सम्पूर्ण सरोकारवालाहरू स्थानीय तह, प्रदेश रजिष्टार कार्यालय र सहकारी विभाग र सहकारी अभियानले पनि आफ्नो क्षेत्रधिकार भित्र पर्ने सहकारीहरूको सघन अनुगमन गरी राम्रोलाई प्रोत्साहन  गर्दै  सहकारी ऐन नियम र निर्देशिका विपरित सञ्चालन भएका सहकारीहरूलाई दण्ड तथा सजाय  गर्नुपर्ने आवश्यकता देखिन्छ ।



Leave a comment