काठमाडौं । ब्याजदर विरुद्ध आन्दोलन चर्किदै गएका बेला चैतदेखि बाणिज्य बैंकहरुले निक्षेप तथा कर्जामा ब्याजदर घटाउने भएका छन् । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउनुका साथै कर्जाको प्रिमियम पनि एक प्रतिशत विन्दुले कम गर्ने निर्णय गरेसँगै ब्याजदर घट्ने भएको छ ।
संघको विहिबार बसेको बैंठकले साधारण बचतको ब्याजदर ०.४२ प्रतिशत र कर्जाको प्रिमियमदर १ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो । चैतदेखि वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिने छन् । यसअघिसम्म न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर दिदै आएका थिए । मुद्दति निक्षेपको ब्याजदर भने चैतमा पनि ११.४१ प्रतिशत ब्याज दिनेछन् ।
यस्तै संघले कर्जामा प्रिमियमदर घटाउने निर्णय पनि गरेका छन् । हालसम्म वाणिज्य बैंकहरुले अधिकतम ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा चैतदेखि १ प्रतिशत विन्दुले घटाएर अधिकतम ५ प्रतिशतमात्र लिने निर्णय भएको छ ।
यसैगरी राष्ट्र बैंकको निर्देशन अनुसार चैतदेखि बैंकहरुले स्प्रेडदर समेत घटाउनुपर्ने भएकाले ऋणको ब्याजदरमा थप राहत हुनेछ ।
Leave a comment