हाइलाइट

सहकारीमा युवाहरूलाई आकर्षित गर्ने कसरी ? 

सहकारीमा युवाहरूलाई आकर्षित गर्ने कसरी ?  :: Sahakari Akhabar

साधारण अर्थमा सहकारी भन्नाले सहकार्य, सह–अस्वित्व, समान कार्य वा सँगसँगै गरिने कामलाई बुझाउँछ । यसर्थ सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक सामाजिक र सांस्कृतिक हैसियत माथी उठाउन गरिएको सामुहिक प्रयास नै सहकारी हो । विश्वमा आधुनिक सहकारीको सुरुवात सन् १९४४ मा बेलायतबाट भएको हो । श्रमिक वर्गले सुरु गरेको सहकारीमा पछिल्लो समयमा भने युवा सहभागिताको विषय बहसमा छ । देश विकासमा सबैभन्दा बढी महत्व युवा शक्तिको हुन्छ । त्यसैले सहकारी अभियानको विकासका लागि पनि युवाको महत्व छ । युवाहरूलाई साथ नलिई अघि जादाँ सहकारी अभियान नै ओरालोतर्फ लाग्नेमा दुई मत छैन । 

तर, नेपालको सहकारी अभियानमा भने युवाहरुको सहभागिता कमजोर छ । अझै सहकारी अभियानको नेतृत्वमा बुढापाकाकै हैकम छ । राजनीतिकमा बुढापाकाकै हालीमुहाली उस्तै भएको छ । किनकी सबैलाई पद नै चाहिएको छ, काम होईन । सहकारी राजनीतिक गर्न थलो पनि बनेको छ । सहकारीबाट राजनीतिक सुरु गरेर उच्च पदमा धेरै पुगेका छन् । यस्तो प्रवृत्तीका कारण युवाहरु नेतृत्वको अवसरबाट भने बञ्चित छन् । 

युवाले बनाएको योजनाहरुलाई सहकारीहरुले साथ दिनु पर्नेमा चासो नदिएको गुनासो सुनिन्छ । जसरी सरकारले सहकारीलाई अर्थतन्त्रको एक खम्बा मानेको त्यसै गरी सहकारीले पनि युवालाई एक खम्बाको रुपमा स्वीकार गर्नुपर्छ । सहकारीले युवालाई विदेश पठाउन ऋण दिने होईन, नेपालमा नै केही गर्न र स्वरोजगार हुन ऋण दिने हो । तर, सहकारीहरुको वार्षिक साधारण सभामा प्रतिवेदनमा लेखिएको हुन्छ वैदेशिक रोजगार ऋणमा यति लगानी र उति लगानी भनेर । सहकारी अभियानका नेताहरु युवा विदेश पठाउदा खुसीले भुईमा खुटा राख्दैनन् किन ? रहरले जान लागेका हो र विदेशमा !

जसरी सहकारी नेतृत्वले भाषणमा विभिन्न विषयमा वकालत गर्नुहुन्छ त्यसैगरी युवाको पक्षमा पनि गर्दा के होला त । हाल संचालनमा रहेका करिब ३५ हजार सहकारीहरुमध्ये कुन कुनले यूवाको पक्षमा काम गरे ? युवा लक्षित के कस्ता योजना बनाए ? युवालाई कति सहुलियत दिए ? यसको विवरण कतै छैन । त्यसो भए युवा चाहि सहकारीको चुनाबमा मात्र प्रयोग हुने हो ? नेतृत्वले मनन गर्न जरुरी छ । 

सहकारीमा जागिरको लागि होस या नेतृत्वको अवसरमा आफ्ना आसेपासेलाई महत्व दिएको पाईछ । काम गर्न सक्ने क्षमता र गर्न सक्छु भन्ने आत्म विश्वास भएकाहरुले भने क्षमता देखाउन अवसर पाउदैनन् । जसले गर्दा क्षमता भएका लाखौं युवा विदेशिनु परेको छ । 

यसैगरी आधुनिक प्रविधिको प्रयोगमा पनि सहकारीको ध्यान नभएको पाईन्छ । नेपालमा प्रविधिक शिक्षा गरेका लाखैं युवा छन तर किन सहकारीहरु प्रविधिमा जोड् गर्न मान्दैनन् । अहिले पनि कति सहकारीमा प्रविधिमा आधारित आधारभूत सेवा समेत सदस्यहरुलाई दिन सकेका छैनन् । जसका कारण सहकारीमा आवद्ध हुन युवाहरु आनाकानी गरिरहेका छन् । 

यूवालाई सहकारी जोड्न र आकर्षित गर्न धेरै काम बाँकी छ । जसमा केही काम निम्न रहेका छन् । यस कुराहरुलाई जोड दिए सहकारीमा युवालाई आकर्षित गर्न सकिन्छ : 

१. प्रविधिमा आधारित सेवा विकास गर्ने ।
२. यवालाई महत्व दिने गरी योजना बनाउने ।
३.अनलाईन सदस्यता प्रदान गर्ने ।
४.घरमा बसी बसी काम गर्न सक्ने प्रविधिको विकास गर्ने ।
५.डिजिटल प्रविधिको विकास गर्ने ।
६.आधुनिक पुर्वाधारको विकास गर्ने ।
७.स्मार्ट सेवाको विकास गर्ने ।
८. वस्तु तथा सेवाको नयाँ नयाँ विकास गर्ने ।
९.छिटो छरितो सेवा प्रवाहा गर्ने ।
१०.सामाजिक सञ्जालबाट ब्यापक प्रचार प्रसार गर्ने ।
११. युवालाई सञ्चालक तथा नेतृत्वमा अवसर दिने ।
१२.दक्ष तथा अनुभविलाई अवसर दिने ।
१३. समाज रुपान्तरणमा संस्थाको तर्फबाट सयोग गर्ने ।
१४.स्वरोजगार तथा उद्यमको विकास गर्ने ।

 



Leave a comment