सहकारीको पैसा नतिर्न उर्दी गर्ने समुहलाई सामुहिक रुपमा बहिस्कार गर्न जिल्ला संघ झापाको अपिल

सहकारीको पैसा नतिर्न उर्दी गर्ने समुहलाई सामुहिक रुपमा बहिस्कार गर्न जिल्ला संघ झापाको अपिल :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संग झापाले सहकारीको पैसा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समुहलाई सामुहिक रुपमा बहिस्कार गर्न अनुरोध गरेको छ।

संघले सहकारीका सदस्यको लगानी रहेको ऋणलाई जोखिममा पार्नेगरि गतिविधि गर्ने वित्तिय अराजक समुहलाई राज्यले दण्डित गर्न समेत माग गरेको छ ।

संघले विज्ञप्ती जारी गरी हाल समाजमा सहकारीको ऋण नतिर्नेगरि अराजक गतिविधि बढेकोले यस्ता गतिविधि गर्ने मथि राज्यले कडा निगरानी गर्न र दण्डित गर्न माग गरेको हो ।

संघले केही दिनयता केही ब्यक्ती तथा समुहहरुले अभियानको नाममा झापा लगाएत देशका विभिन्न स्थानमा समुह तयार गरि हो हल्ला गर्ने गरेको पाइएको बताएको छ ।

उक्त समुहमा सहकारीका केही ऋणी सदस्यहरु ऋण तिर्न नपर्ने भन्दै भ्रममा परेर अराजक समुहको पछि लागेको देखिएकोले सहकारीका सवै बचत तथा ऋणी सदस्य, कर्मचारी र संचालकलाई भ्रमको पछि नलाग्न संघले अनुरोध गरेको छ ।

एउटा सदस्यले लिएको ऋण सयौं बचत सदस्यको पैसा रहेकोले ऋण नतिर्ने र नतिर्न उर्दी गर्नेले बचतकर्ता सदस्यको बचत जोखिममा पर्ने संघले जनाएको छ । संघले सवै बचतकर्ता सदस्य एकजुट भएर त्यस्ता गतिविधि गर्ने ब्यक्ति वा समुहका विरुद्ध लाग्न आब्ह्वान पनि गरेको छ ।

संघले सहकारीका आम सदस्यको श्रम र पसिनाबाट आर्जित रकम बचतको रुपमा जम्मा गरि सहकारी मार्फत सदस्यलाई लगानी गरिएको कर्जा अराजक समुहले नतिर्न र नतिर्ने उर्दी गरेको जनाएको छ ।

यस्तो कार्य गर्ने ब्यक्ती वा समुह भविश्यमा कुनैपनि कर्जा सुविधा उपयोग गर्न नपाउनेगरि कालो सूचिमा पर्ने कुरामा सजग रहन पनि आग्रह गरेको छ ।

सहकारी विना नागरिकको वित्तिय पहुँच, वित्तिय साक्षरता, एकता र नेतृत्व विकास सम्भव नभएको संघको ठहर छ । संघ संस्थामा कमी कमजोरी भए, संचालकहरुले बदमासी गरे दण्डनीय रहेकोले सदस्यले साधारण सभा वा कार्यालयमै गएर आवाज उठाउन आग्रह गरेको छ ।



Leave a comment