यी हुन ललितपुर महानगरपालिकाले खारेज गरेका १० सहकारी

यी हुन ललितपुर महानगरपालिकाले खारेज गरेका १० सहकारी :: Sahakari Akhabar

काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजतपत्र खारेज गरेको छ । संस्थाले कानुन अनुसार पेश गर्नुपर्ने विवरण दाखिला नगरेका कारण उनीहरुको इजाजतपत्र खारेज गरिएको हो ।

महानगरपालिकाले सूचना जारी गरी उक्त संस्था खारेजी गरेको जनाएको छ । साथै अबदेखि उक्त संस्थाहरुको नामबाट कुनै पनि काम नगर्न नगराउन समेत महानगरले अनुरोध गरेको छ । 

महानगरपालिकाले खारेज गरेको सहकारीहरुमा महिला सिप विकस बहुउद्देश्यीय सहकारी, बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी, एभरग्रिन बचत तथा ऋण सहकारी, कुसुन्ती बहुउद्देश्यीय सहकारी रहेका छन् ।

त्यसैगरी पारषीदेवी महिला विकास बचत तथा ऋण सहकारी, राजवृक्ष जडिबुटी सहकारी, एभरेष्ट कृषी सहकारी, रातो सूर्य सूचना तथा संचार सहकारी र भुगेश्वर उपभोक्ता सहरकारी पनि महानगरले खारेज गरेको छ ।

ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र संस्थाले साधारणसभा बोलाउनुपर्ने, सोही अवधिमा संस्थाको कारोबारको लेखापरिक्षण गरी विवरण बुझाउनुपर्नेमा ५ वर्ष भन्दा बढि अवधिदेखि संस्थाहरुले विवरण नबुझाएकोले महानगरले ती संस्था खारेज गरेको जनाएको छ ।

महानगरपालिकाले कारवाहीमा परेका संस्थाहरुलाई पटक पटक सूचना जारी गरी कानुनले तोके बमोजिमका कार्यहरु सम्पन्न गर्न अनरोध गर्दा समेत अटेर गरेकाले कारवाही गर्नुपरेको महानगरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दर्ता खारेजीमा परेका संस्थाहरुले तिर्नु बुझाउनुपर्ने कुनै दायित्व भए सम्बन्धीत व्यक्तिले प्रमाणसहित साविकका सञ्चालक समितिका पदाधिकारीसँग सम्पर्क गरी फरफारक गर्न समेत महानगरले सूचना जारी गर्दै जानकारी गराएको छ।



Leave a comment