काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुमार राई जिम्मेवारीको ४२ दिनमै बिदा भएका छन् । माघ ३ गते सहकारी मन्त्रीको जिम्मेवारी पाएका राईले फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजिनामा बुझाएका छन् ।
पुस ३ गते नेकपा एमालेको तर्फबाट मन्त्री बनेका राईलाई पछि मात्र सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । सोमबार दिउँसो बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेसँगै राईसहित एमालेका मन्त्रीहरुले राजिनामा दिएका हुन् ।
यसैगरी एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले पनि राजिनामा दिएका छन् ।
Leave a comment