सहकारीको कर्जा सूचनाकेन्द्र आउदैन : रजिष्ट्रार घिमिरे

सहकारीको कर्जा सूचनाकेन्द्र आउदैन : रजिष्ट्रार घिमिरे :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीको कर्जा सूचनाकेन्द्र नआउने बताएका छन् । रजिष्ट्रार घिमिरेले सहकारी नियमावलीमा भएको ब्यवस्था अनुसार सहकारीको कर्जा सूचनाकेन्द्र आउन नसक्ने बताएका हुन् ।

ललितपुरस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी नियमावली संसोधन नगरी कर्जा सूचना केन्द्र आउननसक्ने बताएका छन् ।

उनले नियमावलीमा भएको केन्द्रको संचालक समितिको सदस्यमा रजिष्ट्रार रहने ब्यवस्था संसोधन गरिनुपर्ने बताए । उनले भने ‘नियामक निकाय उक्त संघले संचालन गर्ने सूचना केन्द्रको संचालक बस्न मिल्दैन, उक्त ब्यवस्था संसोधन हुनुपर्छ ।

त्यसैगरी रजिष्ट्रार घिमिरेले सहकारीको सिद्धान्त विपरित काम गर्नाले सहकारीमा समस्या आएको बताए । उनले सहकारीमा आफूले विकराल समस्या देखेको बताए ।

नाङ्लो पसल राख्ने सिद्धान्त राखेर अवरको ब्यापार गर्न नपाइने र अरवौंपति बन्ने भए ब्यापारी बन्न उनको सल्लाह थियो । उनले सहकारी ठूलो बैंकिङ कारोबार गर्ने संस्था नभएको बताए

सहकारीमा बदमासी हुनुमा सहकारी अभियान र नियामक दुवै भागीदार भएपनि त्यो बदमासी गर्ने बाताबरण अभियानले बनाएको बताए ।

उनले सहकारीका नियामकहरु सहकारीको कार्यक्रममा खादा लगाउन र भाषण गर्ने जात नभएर नियमन गर्ने संस्था भएकोले सम्मानको आवश्यकता नभएको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीको सहकारी ऐन २०७४ को दफा ५२ संशोधन आवश्यक नभएको बताए ।

उनले देशभरका सहकारीमा समस्या देखिएकोले समस्यामा भाग्ने हैन, समाधानतर्फ सबै लाग्नुपर्ने बताए । समस्या छलफल, समन्वय, सहकार्यकै माध्यमबाट समाधान गर्न सबै लाग्नुपर्ने बताए ।

हाम्रो साकोस २५ औं वर्षमा प्रवेश

हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २५ वर्षमा प्रवेश गरेको छ । २०५५ फागुन १३ गते स्थापना भएको संस्थाले विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले मंगलबजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा करिब ६० जना सहभागी थियो त्यसैगरी रजत जयन्ती प्रतिक चिन्ह अनावरण, नेतृत्व पुनर्मिलन तथा स्वरोजगारीका लागि सिप शुभारम्भ समेत गरेको छ ।

संस्थाले यो वर्षभर सदस्य केन्द्रीत २५ कार्यक्रम गरी रजत जयन्ती मनाउने संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले जानकारी दिए । ४९ सदस्य र २ लाख ४५ हजार पुँजीबाट सुरु भएको संस्थामा हाल ७ हजार सदस्यको १ अर्ब ७० करोड पुँजी रहेको अध्यक्ष फुयालले बताए।

संस्थाले १५ जनालाई सवारी चालक तालिम दिने गरी स्वरोजगारीका लागि सिप शुभारम्भ गरेको छ । यो वर्ष ५० जनालाई सवारी चालक तालिम दिने योजना सहित स्वरोजगारीका लागि सिप कार्यक्रम शुभारम्भ गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईन्द्र घिमिरेले जानकारी दिए । त्यस्तै स्थापना दिवसको अवसरमा नेतृत्व पुनर्मिलन कार्यक्रम समेत गरेको छ ।

कार्यक्रममा संस्थाका संस्थापक देखि वर्तमान संचालक कर्मचारीलाई पुनर्मिलन गराई सम्मान समेत गरेको छ । संस्थाले यसै वर्ष आफ्ना ५ हजारसदस्यमाझ विभिन्न कार्यक्रम लगेर प्रत्यक्ष भेट गरी सदस्इ शिक्षा संचालन गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।



Leave a comment