कठमाडौं । सहकारीको वर्तमान समस्या समाधानका लागि वागमती प्रदेशका सरोकारवाला निकायकवीच छलफल भएको छ । वागमती प्रदेश सहकारी विकास वोर्डको आयोजना तथा राष्ट्रिय सहकारी महासंघको संयोजनमा छलफल भएको हो ।
छलफलमा वागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव मदन कोइरालाले छलफलबाट सहकारीको वर्तमान समस्याको समाधानकालागि अभियानसंग समन्वय र सहकार्य गरेर अघि वढने वताए ।
उनले वागमती प्रदेश सरकारले मन्त्रालयहरु घटाउने क्रममा पर्यटन तथा उद्योग मन्त्रालयमा सहकारी मन्त्रालय गाभिएपछि वर्तमान समस्याको समाधान सरोकारवाला निकायविच छलफलको आयोजना भएको जानकारी दिए ।
महासंघका अध्यक्ष मीनराज कंडेलले अर्थतन्त्रमा आएको संकुचनसगै सन्दर्भ व्याजदरको क्यापिंग र ऐनका प्रवद्र्धनात्मक प्रावधानहरु कार्यान्वयन नहुनाले समस्या आएको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले समस्या समाधानका लागि अभियान र सरकारको हातेमालो आवश्यक रहेको बताइन् ।
वागमती प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायण देवकोटाले अभियानको राय सुझावका आधारमा प्रदेश सरकारद्धारा सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि प्रदेश वोर्ड र मन्त्रालय अगाडि बढने बताए ।
समस्या समाधानका लागि सरकारको सहयोग आवश्यक रहेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी उप्रेतीले वताए । छलफलका क्रममा हालको समस्या समाधानका लागि संघीय संरचनामा प्रदेश सरकार र संघीय सरकारवीचको समन्वय हुनुपर्ने नेफस्कूनका अध्यक्ष परितोष पौड्यालले बताए ।
सहभागीहरुले वागमती प्रदेशको सम्पर्क कार्यालय उपत्यकाभित्र हुनुपर्ने, अनुगमन संयन्त्रलाई क्रियाशिल वनाउनुपर्ने, एकीकरणलाई प्रोत्साहन दिनुपर्ने, वित्तीय कारोवार गर्ने संस्थाको दर्तामा रोक लगाउनुपर्ने सुझाव दिएका छन् ।
त्यसैगरी सहकारीको कर्जा असुलीका लागि राज्यले सहयोग गर्नुपर्ने, अभियान र सरकारबाट प्रदेशस्तरको साझा कार्यक्रम ल्याउनुपर्ने, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायधीकरण स्थापनाका लागि प्रदेश सरकारले संघीय सरकारमा लविंग गर्नुपर्ने उनीहरुको भनाई थियो ।
अनुगमन संगै संस्थाहरुलाई सपोर्टको कार्यक्रम ल्याउनुपर्ने, जोखिम न्यूनीकरणका लागि रिपोर्टिगलाई अनिवार्य वनाउनुका साथै जोखिम न्यूनीकरणका औजारहरुको प्रयोग गर्नुपर्ने सहभागीहरुले बताए ।
त्यसैगरी संचालक तथा कर्मचारीको सुरक्षा हुनुपर्ने, सरल व्याजदरको कर्जा राष्ट्रिय सहकारी बैंकमार्फत संस्थाहरुसम्म पुग्नुपर्ने, समस्याउन्मुख संस्थाहरुको विस्तृत अध्ययन गरी विश्लेषण गर्नुपर्ने लगायतका सुझावहरु सहभागीहरूले दिएका थिए ।
छलफलमा महासंघका संचालक डि.वि. वस्नेत र राजेन्द्र पौडयाल, वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमीरे, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार गोर्खाली, जिल्ला वचत तथा ऋण सहकारी संघ ललितपुरका अध्यक्ष रामहरी वजगाई, महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाग सुव्वा, बैंकको सिइओ वद्री गुरागाई, प्रोस्कुनका सिइओ केशव दाहाल लगायतको सहभागिता रहेको थियो ।
Leave a comment