कृषि विकास बैंकको सिइओको 'सर्ट लिस्टिङ' मा गुरागाई

कृषि विकास बैंकको सिइओको 'सर्ट लिस्टिङ' मा गुरागाई :: Sahakari Akhabar

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि राष्ट्रिय सहकारी बैंकका सिइओ बद्रीकुमार गुरागाई प्रारम्भिक छनोट (सर्ट लिस्टिङ) मा परेका छन् । बिहीबार साँझ बसेको बैंक संचालक समिति बैठकले आवेदन दिएकामध्येबाट ५ जनाको नाम छनोट गरेको हो । 

सर्ट लिस्टिङमा गुरागाईसहित बैंकबाटै निमित्त सीइओ रहेका प्रताप सुवेदी र डिजिएम यज्ञ प्रकाश न्यौपाने, सिभिल बैंकका पुर्व सीईओ गोविन्द गुरूङ र एसबिआई बैंकको डिसीईओ विष्णुदेव यादव परेका हुन् । अर्थ मन्त्रालयबाट बैंकमा प्रतिनिधित्व गर्ने संचालक सुमन दाहालको संयोजकत्वमा गठित सीईओ छनोट तथा सिफारिस समितिले छनोटमा परेको ५ जनालाई आफ्नो प्रस्तुतीको लागी फागुन ६ गते तोकेको छ ।

भारतबाट चाटर्ड एकाउन्टेन्ट (सिए) उर्तिण गरेका गुरागाईसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको कार्य अनुभव रहेको छ । सहकारी बैंकमा नायव महाप्रवन्धक हुदै दोस्रो कार्यकाल सिइओ रहेका उनी हाल सामाजिक सुरक्षा कोषको सल्लाहकार तथा एकाउन्टिङ स्ट्यान्र्डर्ड बोर्डको सदस्य समेत हुन् ।

कृषि विकास बैकले १ महिना अघि सीइओको लागी दरखास्त आह्वान गरेको थियो । तोकेको अन्तिम दिन माघ १५ गतेसम्म २२ जनाको आवेदन परेको थियो ।


 



Leave a comment