वर्तमान समस्या सहकारीका कारण आएको होइन :  सहकारी रजिष्ट्रार घिमिरे    

वर्तमान समस्या सहकारीका कारण आएको होइन :  सहकारी रजिष्ट्रार घिमिरे     :: Sahakari Akhabar

ललितपुर । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने ठानेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसंग आव्हान गरेका छन् । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसंग शनिवार भएको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले अबदेखि सहकारीकर्मीहरुले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने बुझेर चुनौतीको सामना गर्न लाग्नु पर्नेमा जोड दिए ।

यतिबेला सहकारी क्षेत्रमा मात्र होइन, मुलुकको अर्थतन्त्र र विश्वमा समेत वित्तीय संकट देखिएको छ, सहकारीमा देखिएको वर्तमानको समस्या सहकारीका कारण आएको होइन, हाम्रा कारणले समस्या आएको होइन, भने यसलाई हाम्रो समस्याका रुपमा होइन चुनौतीका रुपमा हेर्नु पर्छ ।

रजिष्ट्रार घिमिरेले भने, ‘चुनौतीको सामना गर्नका लागि राज्य र सहकारी अभियानबीच सहकार्य र समन्वय हुनु पर्दछ ।’ सहकारीमा समस्या छ भन्ने कुरालाई छोडेर चुनौती छ, हामी सामना गर्छौ भन्ने दृढ विश्वासका साथ सहकार्यमा जोडिन उनले सहकारी अभियानकर्मीहरुलाई आव्हान गरे ।

सहकारीको विकास र प्रवर्धन गरी मुलुकलाई आर्थिक रुपमा सवल बनाउनका लागि कानुन वाधक देखिए कानुन संशोधन गरेर अगाडि बढ्नु पर्नेमा जोड दिदै उनले कानुनले राम्रो कामका लागि वाधा होइन, सहजीकरण गर्नु पर्छ ।

कानुनलाई देखाएर राम्रो काम भएन भन्ने होइन, राम्रो कामका लागि सहजीकरण र गलत गर्नेलाई कार्वाही गर्न कानुन सहयोगी हुनुपर्छ । कानुन नियन्त्रणका लागि होइन, सहजीकरणका लागि हो, द्विविधामा मार्ग प्रशस्त गर्ने भएकाले सहकारीको समस्या समाधानका लागि कानुन वाधक भए सहजीकरण गर्नु पर्दछ, रजिष्ट्रार घिमिरेले भने ।

विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीको समस्या समाधानमा सबै पक्षको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गरेको बताए । बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउनका लागि अभियानका तर्फबाट भैरहेका कामको बारेमा जानकारी गराए ।

यतिबेला सहकारीलाई बचाउनु पर्ने वाध्यता छ, सबै मिलेर बचाउ र संगै सहकारीको सुशासनका लागि प्रवद्र्धनसंगै नियमन र अनुगमनमा लागौ, अध्यक्ष उप्रेतीले भने । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारी बैंकको विगत, वर्तमान र आगामी योजना लगायत सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा बैंकले खेलेको भूमिका लगायतका विषयमा सहजीकरण गरेका थिए ।



Leave a comment