कास्कून निर्वाचन समितिको कार्यालयमा ताल्चा लगाउने तयारी

कास्कून निर्वाचन समितिको कार्यालयमा ताल्चा लगाउने तयारी :: Sahakari Akhabar

काठमाडौं । काठमाडौ बचत तथा ऋण सहकारी संघ (कास्कून) को निर्वाचन कार्यालयमा ताल्चा लगाउने तयारी भएको छ । निर्वाचन प्रकृया गलत भएकोले  समितिको कार्यालयमा ताल्चा लगाउने तयारी गरेको असन्तुष्टी समुहले जनाइएको छ ।

उनीहरुले सहमती अनुरुप नभए सवै प्रकृयामा अवरुद्ध गर्ने र संघमा ताला लगाउने जनाएका छन् । समुहले ५ दल बिच भएको सहमती संघका अध्यक्ष दिपक पनेरुले भित्री रुपमा तोड्न उम्मेदवार उठाएको आरोप लगाएको छ ।

पनेरुले संघको संचालकमा दुइजना उम्मेदवारलाई उठाएर सहमती भएका माओबादी समुह र राप्रपा नेपालका उम्मेदवारलाई हराउने रणनीति लिएको उनिहरुको आरोप छ ।

कास्कून निर्वाचनमा चलिरहेको निर्वाचन प्रक्रियालाई अन्त्य गरी सबै उम्मेदवारलाई मनोनय फिर्ता गर्न लगाएका थिए । सुरुमा निर्वाचन उपसमितिले प्रकाशित गरेको कार्यतालिका अनुसार नै उम्मेदवारी दर्ता भएपनि मतदानका लागि तोकिएको दुई दिनअघि निर्वाचन कार्यक्रम सारिएको थियो ।

अध्यक्षमा उम्मेदवारी दिएकामध्ये दिपक पनेरु अध्यक्ष र नवराज अर्याल बरिष्ठ उपाध्यक्ष रहने गरी सहमित भएको थियो । यस्तै सहमतिमा एमालेलाई अध्यक्ष, महिला उपाध्यक्ष र तीन जना संचालक गरी ५ जना, कांग्रेसलाई महासचिव, कोषाध्यक्ष, लेखा समिति संयोजक र दुई जना संचालक गरी ५ जना, माओवादीलाई तीन संचालक र एक जना लेखा सदस्य गरी ४ जना, एकीकृत समाजवादीलाई बरिष्ठ उपाध्यक्ष र २ संचालक गरी तीन जना र राप्रपालाई एक जना संचालक दिने गरी भागवण्डा भएको छ ।

पछिल्लो निर्वाचन तालिका प्रकाशन भएसंगै संघको संचालक सदस्यकोलागि ९ जना आवश्यक रहेपनि ११ जनाले उम्मेदवारी मनोनयन गरेका छन् । दलमा पर्न नसकेका रामेश्वर श्रेष्ठ र पुन्यप्रसाद सापकोटाले संचालकमा उम्मेदवारी दिएको स्रोतले जनाएको छ ।

असन्तुष्ट समुहले रामेश्वर श्रेष्ठ र पुन्यप्रसाद सापकोटालाई अध्यक्ष दिपक पनेरुले उठाएको आरोप छ । आज माघ २० गते साढे १ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखेको थियो । मतदान कार्यक्रम भोली माघ २१ गते बिहानको १० बजेदेखि दिउँसो ३ बजेसम्म सहकारी प्रशिक्षण केन्द्र नयाँबानेश्वरमा हुने सूचनामा उल्लेख छ।



Leave a comment