काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको गृह मन्त्रालय सरुवा भएको छ । त्यसैगरी बन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज घिमिरे नयाँ रजिस्ट्रारमा आउने भउका हुन् । मन्त्रिपरिषद बैठकको निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग, प्रदेश तथा निकायमा कार्यरत २६ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
गत फागुनमा विभागको रजिष्ट्रार बनेका पण्डित एक बर्ष नबित्दै सरुवा भएका हुन । सहकारी अभियानको सुधारका लागि पण्डितले महत्वपूर्ण निर्णयहरु गरेका थिए । कोपोमिसको कार्यान्वयनदेखि ३५ बुँदे निर्देशिका र कर्जा सूचना केन्द्र स्थापना गर्न रजिष्टार पण्डितले पहल गर्दै आएका थिए ।
Leave a comment