हाइलाइट

कृषि विकास बैंकको सिइओको उम्मेदवारमा सहकारी बैंकका गुरागाई

कृषि विकास बैंकको सिइओको उम्मेदवारमा सहकारी बैंकका गुरागाई :: Sahakari Akhabar

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि राष्ट्रिय सहकारी बैंकका सिइओ बद्रीकुमार गुरागाईको पनि आवेदन परेको छ । तोकेको अन्तिम दिन माघ १५ गतेसम्म गुरागाईसहित २२ जनाको आवेदन परेको बैंकले जनाएको छ ।

भारतबाट चाटर्ड एकाउन्टेन्ट ( सिए) उर्तिण गरेका गुरागाईसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको कार्य अनुभव रहेको छ । सहकारी बैंकमा नायव महाप्रवन्धक हुदै दोस्रो कार्यकाल सिइओ रहेका गुरागाई सामाजिक सुरक्षा कोषको सल्लाहकार तथा एकाउन्टिङ स्ट्यान्र्डर्ड बोर्डको सदस्य समेत हुन् ।

कृषि विकास बैंकको सिइओमा गुरागाईका साथै सिभिल बैंकका पूर्व सिइओ गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीईओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसीको आवेदन परेको छ ।

यस्तैगरी, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शङ्कर चापागाईँ, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीले पनि आवेदन दिएका छन्। उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई ‘सर्ट लिष्टिङ’ गरी अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ ।
 



Leave a comment