हाइलाइट

अव सहकारीले पनि क्यालेन्डर प्रकाशन गर्न सरकारी अनुमति लिनुपर्ने

अव सहकारीले पनि क्यालेन्डर प्रकाशन गर्न सरकारी अनुमति लिनुपर्ने :: Sahakari Akhabar

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्नका लागि स्वीकृति लिन आह्वान गरेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलद्धारा सोमबार विज्ञप्तिमा सबै प्रकारका पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुपूर्व स्वीकृतिका लिनुपर्ने ब्यवस्था गरेको उल्लेख गर्दै यसका लागि निवेदन दिन अनुरोध गरिएको छ।

समितिका सूचनामा पात्रो र भित्तेपात्रोको सिरानमा समितिबाट स्वीकृत प्राप्त र समितिको चलानी नं समेत उल्लेख गरेर मात्र प्रकाशन गर्न आग्रह गरिएको छ । स्वीकृति नलिई प्रकाशन भएमा कानूनबमोजिम कारबाही गरिने समितिले जनाएको छ । समितिले राजधानी बाहिरबाट भने अनलाईनमार्फत नै स्वीकृतिको व्यवस्था गरिएको जानकारी दिएको छ ।

भितेपात्रो प्रकाशन गर्दा अनुमति लिए÷नलिएको अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायका अधिकारी सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।

यसैगरी आवश्यकता अनुसार उपसमिति गठन गरी प्रदेश, जिल्ला एवं ठूला शहरमा अनुगमन गरिने जनाइएको छ । अनुगमनका लागि प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई पनि सहभागी गराइने समितिले जनाएको छ ।यसका लागि मन्त्रालयले अनुगमन निर्देशिका नै तयार पारेको छ।

समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियममा जुनसुकै संघसंस्था तथा निकायले पात्रो प्रकाशन गर्न समितिबाट स्वीकृति लिनुपर्ने ब्यवस्था छ । गत वर्षपनि समितिले पात्रो प्रकाशन गर्ने समयमा सूचना जारी गर्दै अनुमति लिन आवहान गरेको थियो ।

समितिको सूचना अनुसार सहकारी संस्थाहरुले पनि क्यालेन्डर प्रकाशित गर्नका लागि अनुमति लिनुपर्ने भएको छ । अधिकांश सहकारीहरुले हरेक वर्ष क्यालेन्डर प्रकाशित गरी सदस्यहरुलाई वितरण गर्दै आएका छन्।


 



Leave a comment