हाइलाइट

सहकारी महासंघद्धारा फेरी आठवटा संघको सदस्यता खारेज ( लिष्ट सहित )

सहकारी महासंघद्धारा फेरी आठवटा संघको सदस्यता खारेज ( लिष्ट सहित ) :: Sahakari Akhabar

काठमाडौं। राष्ट्रिय सहकारी महासंघले सदस्यता शुद्धिकरण अभियान थालेको छ । निश्क्रिय संघको सदस्यता खारेज गर्ने अभियान अन्तर्गत पछिल्लो पटक आठवटा संघको सदस्यता खारेज गरेको छ। पहिलोपटक २२ वटा संघहरुको सदस्यता खारेज गरेको संघले पछिल्लो पटक आठवटा संघको सदस्यता खारेज गरेको हो ।

महासंघका महाप्रबन्धक चित्राकुमारी सुब्बाले सहकारी संघ संस्थालाई सुसाशनमा ल्याउन सदस्यता शुद्धिकरण अभियान सञ्चालन गरिएको बताइन् । संघको पौष २५ गते वसेको बैठकले निश्क्रिय रहेका आठवटा संघको सदस्यता खारेज गरेको हो ।

‘सदस्य सघ सक्रिय बनाउन लागेका छौं’ उनले भनिन्,‘ यदी सक्रिय हुन नसक्ने भए सदस्यता खारेज गर्ने हो ।’ महासंघले संघहरुको व्यावसायिक योजना बनाउने, रणनीति बनाउन पनि सघाउने गरेको छ । सबल र आत्मनिर्भर संघ बनाउन उसले अभियान चालेको हो ।

३३५ वटा संघ महासंघको सदस्य भएकोमा ३० वटा खारेज भएसँगै महासंघका सदस्य ३०५ कायम भएको छ । नियमित बैठक नबस्ने, साधारणसभा नगर्ने संघलाई सक्रिय बनाउन पहल गर्ने, सक्रिय हुन नसके सदस्यता हटाउने महासंघको रणनीति छ।

तर, अधिकांश केन्द्रीय संघहरु निश्क्रिय छन् । महासंघले केन्द्रीय संघहरुलाई पनि सक्रिय बनाउने गृहकार्य सुरु गरेको छ । महाप्रबन्धक सुब्बाले केन्द्रीय संघ पनि सक्रिय हुन नसके सदस्यताबाट हटाउने चेतावनी दिइन् ।

महासंघले ३५ दिने सूचना प्रकाशन गरि संघ नियमित गर्न नसक्नुको कारण सहित स्पष्टिकरण सोधेको थियो । महासंघलाई भुक्तानी गर्न बाँकी सदस्यता शुल्क बुझाउन पनि भनेको थियो ।



Leave a comment