सहकारी बैंकमा ९४ करोड निक्षेप थपियो 

सहकारी बैंकमा ९४ करोड निक्षेप थपियो  :: Sahakari Akhabar

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा राष्ट्रिय सहकारी बैंकमा निक्षेप ४१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । मंसिर मसान्तमा ४० अर्व ६८ करोड रुपैयाँ रहेकोमा एक महिनामा ९४ करोड ९१ लाख रुपैयाँ निक्षेप बृद्धि भएको हो । पुस मसान्तमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको ब्याज पुँजीकरण हुँदा निक्षेप बृद्धि भएको हो ।

पुसमा बैंकको कर्जा प्रवाह पनि ६३ करोड घटेको छ । मंसिर मसान्तमा ३४ अर्व ७९ करोड रुपैयाँ कर्जा रहेकोमा पुसमा ३४ अर्व १६ करोड रुपैयाँमा झरेको छ । पुस मसान्तमा बैंकको तरलता अनुपात २०.०२ प्रतिशत तरलता रहेको छ । मंसिरमा बैंकमा तरलता १९ दशमलव ६८ प्रतिशत रहेको थियो । पुससम्ममा बैंकमा कुल सेयर सदस्यहरुको संख्या १५ हजार ७२४ र  ऋणीको संख्या २ हजार ६३४ रहेको छ ।
 



Leave a comment