कर्णाली प्रदेशका सहकारीमा सदस्य बढे 

कर्णाली प्रदेशका सहकारीमा सदस्य बढे  :: Sahakari Akhabar

काठमाडौं । कर्णाली प्रदेशका सहकारीमा सदस्यहरुको संख्या बृद्धि भएको छ । संस्थाहरुको संख्यात्मक विस्तार र सर्वसाधारणमा आकर्षण बढेसँगै सहकारीमा सदस्य थपिएका हनु् । 

नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधि सम्बन्धी अध्ययनमा अघिल्ले वर्षमा ८.५७ प्रतिशतले बढेको सहकारीको सदस्य संख्या गत वर्षमा ९.४६ प्रतिशतले वृद्धि भएको छ । सदस्यको संख्या बढेपछि कारोबारको विस्तारमा भने कमी आएको छ । 

गत वर्षमा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ३०.७७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो पुँजी ५९.३७ प्रतिशतले बढेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तमा २४.६७ प्रतिशतले बढेको कुल बचत चालु आर्थिक वर्षमा ६.१० प्रतिशतले बढेको देखिन्छ 

कर्णाली प्रदेश, सुर्खेत तथा सम्बन्धीत सहकारी संस्थाहरुको गत वर्षमा कुल ऋण प्रवाह करिव १८.०४ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो वर्षमा ८.५७ प्रतिशतले बढेको सदस्य संख्या गत वर्षमा ९.४६ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै गत वर्षमा सहकारी संस्थाले सिर्जना गरेको रोजगारीमा ६.२५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अघिल्लो वर्षमा ५.५६ प्रतिशतले घटेको सहकारी संस्थाको शाखा संख्या गत वर्षमा ५.८८ प्रतिशतले वृद्धि भएको छ । प्रदेशका सहकारी संस्थाहरुले कुल पुँजी र कुल बचतको तुलनामा अधिक मात्रामा कर्जा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ । 

अध्ययनमा सहकारीहरुको पुँजी, बचत, ऋण, सदस्य संख्या र ती संस्थाबाट सिर्जीत रोजगारी संख्याको अवस्था विश्लेषण गर्न रुकुम पश्चिमबाट ३, दैलेखबाट २, सुर्खेतबाट ४ र कालिकोटबाट १ गरी जम्मा १० वटा सहकारी संस्थाहरु छनौट गरिएको राष्ट्र बैंकले जनाएको छ । 
 



Leave a comment