काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून) को निर्वाचनको मिति सार्ने तयारी भएको छ । एमाले निकट सहकारीकर्मीको प्यानलले हार्ने संकेत पाएपछि संचालकको बैठकले निर्वाचनको मिति सार्ने तयारी गरेको जनाइएको छ । पुष ३० गतेकालागि तय भएको निर्वाचनको मिति दुई हप्ता पछि गर्ने गरी सार्न छलफल भइरहेको स्रोतले जनाएको छ।
निर्वाचनको मिति सार्ने भए साधारणसभा पनि सार्नुपर्ने एक पक्षको भनाइ छ भने अर्को पक्षले साधारण सभा तोकिएकै मितिमा गरेर निर्वाचनको मिति मात्र सार्ने अडान राखेको छ । कास्कुनको निर्वाचन तालिका अनुसार पुष २६ गते मतदाता नामावली प्रकाशन, दावी विरोध, अन्तिम नामावली प्रकाशन तथा पुष २७ गते उम्मेदवारी दर्ता, उम्मेदवारको नामावली प्रकाशन, दावी विरोध, छानविन र निर्णय गर्ने त्यसैगरी पुष २८ गते बेलुका ६ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय र पुष ३० गते निर्वाचनको कार्यक्रम तय गरेको थियो ।
अध्यक्षकालगि सहमती हुन नसकेपछि वर्तमान अध्यक्ष दिपक पनेरु र उपाध्यक्ष नवराज अर्यालले छुट्टा छुट्टै टिम बनाएर उम्मेदवारी दिएका छन् । एमाले निकट सहकारीकर्मी र चारदल निकट सहकारीकर्मीहरुको दुई प्यानल बिच हुनलागेको प्रतिष्पर्धामा माओवादी निकट सहकारीकर्मीले गठवन्धन तोडेको आरोप लाग्न थालेको छ।
स्रोतका अनुसार नवराज अर्यालको प्यानलमा नेपाली कांग्रसलाई ८, नेकपा माओवादी केन्द्रलाई ४, राप्रपालाई २ र नेकपा समाजवादीलाई ४ सिट बाँडफाड गरिएको थियो । माओवादी निकट उम्मेदवारहरु गठबन्धन छाडेर पून वार्तामा बसेपछि निर्वाचन अन्यौल बनेको हो । नवराज अर्याल टिमबाट बरिष्ठ उपाध्यक्षमा निरञ्जन सेढाइ, महिला उपाध्यक्षमा रीता श्रेष्ठ, महासचिवमा सीमा पुरी, सचिवमा पुरुषोत्तम नेपाल र कोषाध्यक्षमा सुवासचन्द्र घिमिरेले उम्मेदवारी दिएका छन्।
त्यसैगरी सदस्यमा राजेश कुमार श्रेष्ठ, खेलनाथ सिग्देल, अनन्त केसी, पुष्कर सापकोटा, रोशनबाबु श्रेष्ठ, दामोदर लम्साल, कृष्णप्रसाद आचार्य, श्रीराम केसी र मनबहादुर तामाङले उम्मेदवारी दिएका छन् । त्यसैगरी लेखा संयोजकमा अनिता थापा अधिकारी र सदस्यमा पुण्यप्रसाद सापकोटा दामोदर पौडेलको उम्मेदवारी परेको छ।
त्यसैगरी दिपक पनेरु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा शालिकराम पुडासैनी, महिला उपाध्यक्षमा बिनिता अधिकारी, महासचिवमा बिरेन्द्र भण्डारी, सचिवमा लेमन श्रेष्ठ र कोषाध्यक्ष देवनारायण चौलागाईले उम्मेदवारी दिएका छन्।
सैगरी सदस्यमा गोवर्धन केसी, राजकुमार लामा, रामेश्वर श्रेष्ठ, मुरारी भण्डारी, मनोज घिमिरे शेखर श्रेष्ठ, जयराम तिमिल्सिना, श्याम श्रेष्ठ र मिरा महर्जन रहेका छन् । यसै प्यानलको लेखा समितिको संयोजकमा गोमा ढुङ्गाना तथा सदस्यहरुमा तपन पोखरेल र बाबुराम आचार्यले उम्मेदवारी दिएका छन् । कास्कुनमा अध्यक्ष सहित १५ सदस्यीय संचालक समिति तथा तीन सदस्यीय लेखा समिति रहने व्यवस्था छ।
Leave a comment