काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून ) मा दुई प्यानल बिच प्रतिस्पर्धा हुने भएको छ । एमाले निकट सहकारीकर्मी र चारदल निकट सहकारीकर्मीहरुको दुई प्यानल बिच प्रतिष्पर्धा हुने भएको हो । वर्तमान अध्यक्ष दिपक पनेरु र वर्तमान उपाध्यक्ष नवराज अर्यालको प्यान बिच निर्वाचन हुने भएको छ । वर्तमान अध्यक्ष पनेरुले पुन अध्यक्षमा उम्मेदवारी दिएपछि उपाध्यक्ष अर्यालले पनि अध्यक्षको उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी मनोनयन दर्ता पुष २७ गते १०ः३० देखि २ बजेसम्मको लागि तोकिएको थियो । तर तोकिएको समयमा ३ जनाको मात्रै उम्मेदवारी परेपछि मनोनय दर्ताको समय ४ बजेसम्मलाई थपिएको थियो । थप गरिएको समयमा दुवै प्यानलका दावेदारले उम्मेदवारी दिएका हुन् ।
स्रोतका अनुसार नवराज अर्यालको प्यानलमा नेपाली कांग्रसलाई ८,नेकपा माओवादी केन्द्रलाई ४, राप्रपालाई २ र नेकपा समाजवादीलाई ४ सिट बाँडफाड गरिएको छ । नवराज अर्याल टिमबाट बरिष्ठ उपाध्यक्षमा निरञ्जन सेढाइ, महिला उपाध्यक्ष रीता श्रेष्ठ महा सचिवमा सीमा पुरी सचिवमा पुरुषोत्तम नेपाल, कोषाध्यक्ष सुवासचन्द्र घिमिरेले उम्मेदवारी दिएका छन्।
त्यसैगरी सदस्यमा राजेश कुमार श्रेष्ठ, खिलनाथ सिग्देल, अनन्त केसी, पुष्कर सापकोटा, रोशनबाबु श्रेष्ठ, दामोदर लम्साल, कृष्णप्रसाद आचार्य, श्रीराम केसी र मनबहादुर तामाङले उम्मेदवारी दिएका छन् । त्यसैगरी लेखा संयोजकमा अनिता थापा अधिकारी र सदस्यमा पुण्यप्रसाद सापकोटा दामोदर पौडेलको उम्मेदवारी परेको छ ।
त्यस्तै दिपक पनेरु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा शालिकराम पुडासैनी, महिला उपाध्यक्ष बिनिता अधिकारी, महा सचिवमा बिरेन्द्र भण्डारी, सचिवमा लेमन श्रेष्ठ , कोषाध्यक्ष देवनारायण चौलागाईले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी सदस्यमा गोवर्धन केसी, राजकुमार लामा, रामेश्वर श्रेष्ठ, मुरारी भण्डारी, मनोज घिमिरे शेखर श्रेष्ठ, जयराम तिमिल्सिना, श्याम श्रेष्ठ र मिरा महर्जन रहेका छन् । यसै प्यानलको लेखा समितिको संयोजकमा गोमा ढुङ्गाना तथा सदस्यहरुमा तपन पोखरेल र बाबुराम आचार्यले उम्मेदवारी दिएका छन् ।
स्रोतका अनुसार अध्यक्षमा पनेरु र अर्यालले आफ्नो दावी नछोडेपछि सर्वसम्मत नेतृत्व चयन टुङ्यिर निर्वाचन हुने भएको हो । उपाध्यक्ष अर्यालले पनेरु नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को नेतृत्वमा रहेकाले कास्कूनको नेतृत्व आफुले पाउनुपर्ने भन्दै दाबी गरिरहेका छन् ।
वागमती प्रदेशको सहकारी ऐनमा माथिल्लो तहको नेतृत्वमा गएपछि तल्लो तहको पदबाट राजिनामा दिनुपर्ने ब्यवस्था छ । तर, नेफ्स्कूनमा कोषाध्यक्ष रहेका पनेरु भने कानुन विपरितर स्वार्थ बाझिने गरी तल्लो तहको संघमा आएका थिए । उनी नेतृत्वमा आएपछि कास्कुनले सहकारी ऐनको व्यवस्था विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधिन छ ।
यसअघि संचालक समिति चयन हुँदा पनेरु र अर्याल एउटै पार्टी नेकपा एमाले निकट थिए । यतिबेला अर्याल भने एमाले विभाजन बनेको नेकपा एस निकट मानिन्छन्न् । कास्कुनमा अध्यक्ष सहित १५ सदस्यीय संचालक समिति तथा तीन सदस्यीय लेखा समिति रहने व्यवस्था छ ।
पुष २६ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, पुष २७ गते उम्मेदवारी दर्ता, उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध, छानविन र निर्णय, पुष २८ गते उम्मेदवारी फिर्ता र ३० गते निर्वाचनको कार्यक्रम तय गरेको छ।
Leave a comment