काठमाडौ । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको संचालक समितिमा अधिकांश पुरानै अनुहार दोहोरिएको छ । आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष र लेखा संयोजक सहित ११ पदमा सर्वसम्मत हुँदा ७ वटामा भने शनिबार सातै प्रदेशमा भएको निर्वाचनले चयन गरेको छ ।
अध्यक्षमा केबी उप्रेती, लेखा समिति संयोजकमा लक्ष्मीप्रसाद उप्रेतीका साथै संचालकहरुमा प्रदेश नं १ बाट महेन्द्रकुमारगिरी, मधेशबाट विश्वनाथ मण्डल, गण्डकीबाट रामबहादुर जिसी, बागमतीबाटरामहरी बजगाई, लुम्विनीबाट बिजया धिताल र सुदुरपश्चिमबाट शिवा थापा सर्वसम्मत चयन भए । यसैगरी खुल्ला संचालकहरुमा पनि महिलाका लागि छुट्याइएको तीन जनामा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा सर्वसम्मत भएका छन् ।
यसैगरी शनिबार भएको निर्वाचनबाट खुल्ला सञ्चालकहरूमा केदार मानन्धर, मनोज कुमार थापा मगर, माधवलाल देवकोटार ध्रुब राज बिष्ट निर्वाचित भएका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समिति सदस्यतर्फ खुल्लामा केशव प्रसाद सापकोटा र महिला कोटामा चन्द्र कुमारी पराजुली निर्वाचित भए । त्यसैगरी कर्णाली प्रदेश संचालकमा कालीबहादुर महतारा निर्वाचित भएका छन्।
बैंकको संचालक समितिमा खुल्ला संचालकद्धय बिष्ट र थापा, महिला संचालक गुरुङ र कर्णाली प्रदेश संचालक महतरा बाहेक पुरानै अनुहार दोहोरिएको छ । संचालक बनेकी गुरुङ पनि यसअघि लेखा समिति सदस्य थिइन् ।
लेखा समिति संयोजक उप्रेती दोस्रो कार्यकालका लागि निरन्तरता पाएपनि सदस्यहरु भने नयाँ आएका छन् । सदस्यमा निर्वाचित भएका सापकोटा र पराजुली भने बैंकमा नयाँ अनुहार हुन् । सहकारी ऐनमा संचालकहरुले २ कार्यकाल काम गर्न पाउने ब्यवस्था अनुसार अधिकांशले दोस्रो पटक आफ्नो दावी पेश गरेका हुन् । पुराना संचालकमध्ये कर्णालीका हरिहरनाथ योगीले उम्मेदवारी दर्ता गरेर फिर्ता लिए भने धुव्र नारायण यादव भने खुल्ला संचालकमा पराजित भएका छन् ।
बैंकको संचालक समिति सर्वसम्मत गर्ने भन्दै प्रमुख राजनीतिक दलहरु बीच सिट बाँडफाँड गरिएको थियो । जसमध्ये नेकपा एमालेलाई अध्यक्षसहित ८, कांग्रेसलाई ५, माओवादी केन्द्रलाई ४ र एकीकृत समाजवादी एक पद विभाजन गरिएको थियो । एमालेको कोटामा परेका पदहरुमा सर्वसम्मत भएपनि कांग्रेसभित्र सर्वसम्मत हुन नसकेपछि चुनाव भएको थियो ।
यस्तो छ मत परिणाम
शनिबार भएको निर्वाचनमा सबैभन्दा बढि खुल्ला संचालकमा १६ जना उम्मेदवार थिए । सबैभन्दा बढि केदार मानन्धरले ३ हजार ७२ मत प्राप्त गर्दा सबैभन्दा कम ३०१ मत मात्र ल्याएका छन् ।

Leave a comment