काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेशको संचालकमा रामहरी बजगाई सर्वसम्मत भएका छन । बुधबार बजगाइ संगै झनकराज ढुंगेल, सुशिलादेवि उप्रेती, रामहरी शर्मा तिमल्सिना र ध्रुवप्रसाद खनालकोे उम्मेदवारी परेको थियो । विहिबार अवेरसम्ममा बजगाइबाहेक अरु उम्मेदवार सहमतीमा आएपछि बजगाई सर्वसम्मत भएको निर्वाचन उपसमितिले जनाएको छ।
अध्यक्षमा केबी उप्रेती सर्वसम्मत भएसंगै प्रदेश संचालकमा प्रदेश १ बाट महेन्द्र गिरी, मधेश प्रदेशबाट विश्वनाथ मण्डल, गण्डकी प्रदेशबाट रामबहादुर जिसी सर्वसम्मत भएका छन् भने कर्णाली प्रदेशको संचालकको निर्वाचन हुने भएको छ । कर्णाली प्रदेशको संचालककोलागि पूर्व संचालक हरिहरनाथ योगी तथा कालीबहादुर महतरा र बिशाल केसीको उम्मेदवारी परेको छ।
महिलाका लागि छुट्याइएको लुम्विनी र सुदुरपञ्चिम प्रदेश संचालकमा विजया धिताल तथा शिवा थापा सर्वसम्मत भएका छन् । यसैगरी खुला सदस्यमध्ये ४ जनाको लागि ३३ जनाको उम्मेदवारी परेकोमा बिहिबारको सहमती पछि १६ जनाको उमेदवारी बाँकी रहेको छ।
त्यसैगरी लेखासुपरिवेक्षण समितिको संयोजकमा लक्ष्मी उप्रेती सर्वसम्मत भएका छन् भने सदस्य दुईपदकोलागि निर्वाचन हुनेभएको छ । सदस्यकालागि खुलामा ४ जना र महिला सदस्यमा २ जनाको उमेदवारी परेको छ ।
बैंकको १९ औं वार्षिक साधारणसभा पुस १६ गते हुदैछ । सात वटै प्रदेशमा हुन लागेको वार्षिक साधारणसभामार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम अन्तरगत पुस ६ गतेका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो ।
Leave a comment